डेढ दर्जन अन्तर्राष्ट्रिय भाइचार पार्टीहरुले दिए एमाले महाधिवेशनको शुभकामना
कांग्रेस आईका नेता अखिलेशप्रसाद बन्दसत्रमै प्रवेश नगरी फर्किए

चितवन । नेकपा एमालेको जारी दशौं महाधिवेशनका लागि डेढ दर्जन बढी भाइचारा पार्टीहरुले शुभकामना सन्देश दिएका छन् ।
एमालेले आमन्त्रण गरेका अन्तर्राष्ट्रिय भाइचारा पार्टीहरु मध्ये केही अधिवेशनमै उपस्थित भए पनि अधिकांशले शुभकामना सन्देश पठाएका छन् ।
कम्बोडियाको नेशलन एसेम्बली मेम्बर, भारतीय कम्युनिस्ट पार्टी माक्र्सवादीका नेता बीरेन्द्रप्रसाद गुप्ता, लिभरेशन फ्रन्ट जेभिपी श्रीलंकाका प्रतिनिधिले महाधिवेशनको बन्दसत्रमा नै उपस्थित भएर शुभकामना दिए ।
कांग्रेस आईका नेता अखिलेशप्रसाद महाधिवेशनमा शुभकामना दिन चितवन आए पनि कार्यक्रम ढिला भएपछि बन्दसत्रमा प्रवेश नै नगरी फर्किएका छन् । ढिला भएकाले आफ्नो प्लेन छुट्ने भन्दै पार्टी अध्यक्ष सोनिया गान्धीको पत्र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बुझाएर फर्किएको एमाले महासचिव ईश्वर पोखरेलले जानकारी दिए ।
चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय कमिटी, फ्रेन्च कम्युनिस्ट पार्टी र टर्कीको भचन पार्टीले भिडियो सन्देश पठाएका थिए भने अन्यले लिखित रुपमा सन्देश पठाएका थिए । भाइचारा पार्टीहरुले शुभकामना सन्देशको अनुवाद एमाले विदेश विभाग प्रमुख राजन भट्टराईले पढेर सुनाएका थिए ।


















लेबनान र इजरायलबिच १० दिने युद्धविराम
आज केही स्थानमा वर्षा र हिमपात, तराईमा गर्मी
बिस्केट जात्राको इतिहासमै पहिलोपटक महिलाले ताने नकिजु अजिमा (भद्रकाली)को रथ
आज मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व मनाइँदै
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
रवि लामिछानेले भने- खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस्
इरानको ‘आणविक’ विषयमा अमेरिका केन्द्रीत हुँदा इजरायलको चिन्ता ‘ब्यालिस्टिक क्षेप्यास्त्र’
राष्ट्रियसभाका अध्यक्ष दाहाल टर्की प्रस्थान
नयाँ वर्षको शुभकामना दिँदै प्रधानमन्त्री बालेनले भने- सदैव शुभ होस्, दुःखको हरण होस्
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
प्रतिक्रिया