कोभिडको ‘ओमिक्रोन भेरिएन्ट’ देखिएपछि भारतमा उच्च सतर्कता
काठमाडौँ । दक्षिण अफ्रिकामा कोरोना भाइरस (कोभिड–१९) को नयाँ ‘भेरिएन्ट ओमिक्रोन’ देखा परेपछि भारतमा पनि उच्च सतर्कता अपनाउन थालिएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार सम्बन्धित अधिकारीको आपतकालिन बैठक बोलाएर अन्तर्राष्ट्रिय यात्रामा छुट दिने नीतिको समीक्षा गर्न निर्देशन दिए ।
विभिन्न मुलुकहरूले दक्षिण अफ्रिकासँगको हवाइ सम्पर्क रोकिसकेको अवस्थामा भारतले पनि दक्षिण अफ्रिका र अन्य अफ्रिकी मुलुकसँगै उनीहरूसँग बढी आवतजावत हुने मुलुकलाई लक्षित गरी हवाई सम्पर्कलाई विच्छेद गर्ने सम्बन्धमा अधिकारीहरूले प्रधानमन्त्रीलाई सुझाव दिएका छन् ।
यसै सन्दर्भमा प्रधानमन्त्री मोदीले कोरोनाविरुद्धको खोपलाई आक्रामक रूपमा विस्तार गर्न निर्देशन दिएका छन् । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले कोरोनाको नयाँ भेरियन्टबाट प्रभाविकत मुलुकसँगको उडानमा प्रतिबन्ध लगाउन माग गरेका थिए ।
मोदीले निकै प्रयत्नपछि मुलुकले कोरोनाको प्रभावलाई नियन्त्रणमा लिइएको भन्दै नयाँ भेरियन्टबाट भारतलाई जोगाउन हरसम्भव प्रयास गर्नु पर्ने बताए । भारतले हङकङ, बोत्सवाना र इजरायलबाट आउने सबै यात्रीहरुको स्वास्थ्य जाँच गर्न विमानस्थललाई निर्देशन दिएको छ ।
















फोहरलाई वर्गीकरण गरेर राख्न टीकापुर नगरपालिकाको आग्रह
सरकारद्वारा अमेरिका–इरान युद्धविराम सम्झौताको स्वागत
बुटवल–नारायणगढ सडक अवरुद्ध
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
फेवाताल जग्गा प्रकरणमा आफू ठगिएको गृहमन्त्री गुरुङको दावी
प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन, सभापतिमा गणेश पराजुली
प्रतिक्रिया