भक्तपुर कांग्रेस सभापतिमा कवेँले गरे उम्मेदवारीको घोषणा
काठमाडौँ । नेपाली कांग्रेस भक्तपुर जिल्ला कार्यसमिति सभापति पदमा अष्टकुमार कवेँले उम्मेदवारी दिने भएका छन् । कांग्रेसका पूर्व जिल्ला सभापतिद्वय महेश श्रेष्ठ र गणेशमान चक्रधरका उपस्थितिमा शनिबार आयोजित कार्यक्रममा उनले जिल्ला सभापति पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।
‘कांग्रेसलाई पुनः पहिलो पार्टी बनाउन मैले उम्मेदवारी दिएको हुँ, नगर प्रमुख, प्रदेश सभासद वा सङ्घीय सांसदमा म उम्मेदवारी दिन्नँ,’ उनले भने, ‘भक्तपुर, सूर्यविनायक, चाँगुनारायण र मध्यपुरथिमिमा नगरप्रमुख, उपपमुख र वडा तथा नगरपालिकामा कम्तीमा तीनवटा वडामा विजयी सुनिश्चित गराउने छु । यसका लागि मेरो उम्मेदवारी हो ।’
कार्यक्रममा कांग्रेस पूर्व जिल्ला सभापतिद्वय श्रेष्ठ र चक्रधरले १३ औँ महाधिवेशनमा गरेको सहमति र सहकार्य वर्तमान जिल्ला सभापतिले पालना गर्न आग्रह गरे । कार्यक्रममा नेपाल तरुण दलका पूर्वअध्यक्ष विनोद कायस्थ, कांग्रेस जिल्ला सचिव उद्धव सिलवाल, भक्तपुर क्षेत्र नं २ का नवनिर्वाचित क्षेत्रीय सभापति भेषबहादुर कार्कीलगायतले पार्टीलाई बलियो बनाउन एकता र सहकार्य आवश्यक रहेको बताए ।
यसअघि कांग्रेस जिल्ला सभापति दुर्लभ थापाले पुनः सभापतिको उम्मेदवारी दिने घोषणा गरिसकेका छन् ।









हात्तीको आक्रमणबाट मोरङमा एक जनाको मृत्यु
कारागारबाट फरार भइ चोरीमा संलग्न भएको आरोपमा एक जना पक्राउ
यु–१९ एसिया कप : नेपालले पहिलो खेलमा श्रीलङ्कासँग खेल्दै
आज उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै, कसले जित्ला एनपीएल ?
यस्ताे छ आजकाे माैसम पूर्वानुमान
लुम्बिनीविरुद्ध ब्याटिङ गर्दै काठमाडौँ
लुम्बिनी दोस्रो क्वालिफायरमा, काठमाण्डु बाहिरियो
कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा
अछाममा प्रथम जीबी मेमोरियल स्कुल क्रिकेट प्रिमियर लिग सुरु
काठमाण्डुले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य
प्रतिक्रिया