तीव्र फैलियो कोरोनाको नयाँ भेरियन्ट, चार दिनभित्र नौ देशमा पुष्टि

काठमाडौँ । कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रन’ (बि.१.१.५२९) देखा परेको चार दिनमा विश्वका नौ वटा देशमा देखा परेको छ । अन्य भेरियन्टको तुलनामा यो तीव्र गतिमा फैलिएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जनाएको छ ।
अहिले यो भेरियन्ट दक्षिण अफ्रिका, इजराइल, हङकङ, बोत्सवाना, बेल्जियम, जर्मनी, चेक रिपब्लिक, बेलायत र इटलीमा देखा परेको हो । दक्षिण अफ्रिकामा पहिलोपटक नोभेम्बर २४ मा पहिलोपटक यो भेरियन्ट देखा परेको डब्लुएचओले जानकारी दिएको थियो । डब्लुएचओले यस भेरियन्टलाई लिएर दक्षिण एशियाली देशमा विशेष सतर्कता अपनाउन निर्देशन दिएको थियो ।
शनिबार यो भेरियन्ट जर्मनी, ब्रिटेन र इटलीमा एकैपटक देखा परेको छ । जर्मनीका सामाजिक मामिला मन्त्री काई क्लोसले सामाजिक सञ्जालमार्फत यो भेरियन्ट आफ्नो देशमा देखा परेको जानकारी दिएका थिए ।
उनले दक्षिण अफ्रिकाबाट आएका दुई जना यात्रुको स्वास्थ्य परीक्षण गर्दा ओमिक्रनको देखा परेको बताएका छन् । उनीहरूलाई क्वारेन्टाइनमा राखिएको छ ।
यस्तै, बेलायतका हेल्थ सेक्रेटरीले ओमिक्रन दुई जनामा देखा परेको पुष्टि गरेका छन् ।
कुन देशमा कति संक्रमित
दक्षिण अफ्रिकामा पहिलोपटक नोभेम्बर २१ मा यो भाइरस देखा परेको हो । अहिलेसम्म यस भेरियन्टबाट ७७ जना संक्रमित भएका छन् ।
बोत्सवानाका चार जनामा यो भेरियन्ट देखा परेको छ । यस देशमा कोरोनाविरुद्ध सबैले खोप लगाएका छन् ।
हङकङमा दुई जनामा यो भेरियन्ट संक्रमण भएको पुष्टि भएको छ । उनीहरूलाई आइसोलेशनमा राखिएको छ ।
इजराइलका एक जनामा यो भेरियन्ट देखा परेको छ । उनी दक्षिण अफ्रिकाबाट पुगेका थिए ।
बेल्जियम र जर्मनीमा दुई-दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
चेक रिपब्लिकमा एक जनामा यो भाइरस देखा परेको छ ।
इटलीका एक जनामा यो भेरियन्ट देखा परेको छ । उनलाई क्वारेन्टाइनमा राखिएको छ ।
















संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
ट्रम्पले आक्रमण बढाए हर्मुजमात्रै होइन अन्य समुद्रीमार्ग पनि बन्द गरिदिन्छौँ -इरान
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
प्रतिक्रिया