जिल्ला नसकिए पनि प्रदेश अधिवेशन रोकिदैन : निर्वाचन समिति

काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत जिल्ला तहको अधिवेशन भइरहेको छ । जिल्ला अधिवेशन नसकिए पनि प्रदेश महाधिवेशन हुने कि नहुने भनेर नेता कार्यकर्तामा अन्योल भइरहेका बेला केन्द्रीय निर्वाचन समितिले जिल्ला अधिवेशनका कारण प्रदेश अधिवेशन नरोकिने स्पष्ट पारेको छ । प्रदेश अधिवेशनका लागि अब चार दिन मात्रै बाँकी रहेको छ ।
शनिबार बसेको समितिको बैठकले तोकिएकै मितिमा प्रदेश अधिवेशन पूरा गर्ने गरी तयारी अघि बढाएको हो । समितिका सदस्य गोपालकृष्ण घिमिरेले जिल्ला अधिवेशन नसकिए पनि प्रदेश महाधिवेशन नरोकिने बताए ।
उनले भने, ‘हाम्रो प्राथमिकता जिल्ला अधिवेशन होइन, प्रदेश र केन्द्रीय महाधिवेशन हो, त्यसैले जिल्ला अधिवेशन नसकिए पनि प्रदेश अधिवेशन रोकिदैन ।’
संवैधानिक व्यवस्थाका कारण कांग्रेस मंसिर मसान्तभित्र आफ्नो प्रदेश र केन्द्रीय कार्य समितिका पदाधिकारीको चुनाव गरेर त्यसको विवरण निर्वाचन आयोगमा बुझाई सक्नु पर्छ । निर्वाचन समितिले मसान्तभित्रै पदाधिकारीको मत परिणाम आइसक्ने गरी निर्वाचन कार्यक्रमको तयारी अघि बढाएको छ ।
उनले समय कम भएकाले उपाय नभएको बताए । महाधिवेशन त गर्नै पर्ने अवस्था छ । उनले मंसिर २१ गते नै मनोनयन दर्ता भएर निर्वाचनको प्रक्रिया अघि बढाइने बताए । कांग्रेसको केन्द्रीय महाधिवेशन मंसिर २४ देखि २६ गतेसम्म गर्ने कार्य तालिका छ ।
२४ गते उद्घाटन भएपछि २५ गते नै मतदान गर्ने गरी तयारी भइरहेको समितिले जनाएको छ । केन्द्रीय महाधिवेशनअघि १६ र १७ गते प्रदेश महाधिवेशन हुँदैछ । हालसम्म ३६ जिल्लामा अधिवेशन भएको छ ।









हात्तीको आक्रमणबाट मोरङमा एक जनाको मृत्यु
कारागारबाट फरार भइ चोरीमा संलग्न भएको आरोपमा एक जना पक्राउ
यु–१९ एसिया कप : नेपालले पहिलो खेलमा श्रीलङ्कासँग खेल्दै
आज उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै, कसले जित्ला एनपीएल ?
यस्ताे छ आजकाे माैसम पूर्वानुमान
लुम्बिनीविरुद्ध ब्याटिङ गर्दै काठमाडौँ
लुम्बिनी दोस्रो क्वालिफायरमा, काठमाण्डु बाहिरियो
अछाममा प्रथम जीबी मेमोरियल स्कुल क्रिकेट प्रिमियर लिग सुरु
काठमाण्डुले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य
कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा
प्रतिक्रिया