जिल्ला नसकिए पनि प्रदेश अधिवेशन रोकिदैन : निर्वाचन समिति

काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत जिल्ला तहको अधिवेशन भइरहेको छ । जिल्ला अधिवेशन नसकिए पनि प्रदेश महाधिवेशन हुने कि नहुने भनेर नेता कार्यकर्तामा अन्योल भइरहेका बेला केन्द्रीय निर्वाचन समितिले जिल्ला अधिवेशनका कारण प्रदेश अधिवेशन नरोकिने स्पष्ट पारेको छ । प्रदेश अधिवेशनका लागि अब चार दिन मात्रै बाँकी रहेको छ ।
शनिबार बसेको समितिको बैठकले तोकिएकै मितिमा प्रदेश अधिवेशन पूरा गर्ने गरी तयारी अघि बढाएको हो । समितिका सदस्य गोपालकृष्ण घिमिरेले जिल्ला अधिवेशन नसकिए पनि प्रदेश महाधिवेशन नरोकिने बताए ।
उनले भने, ‘हाम्रो प्राथमिकता जिल्ला अधिवेशन होइन, प्रदेश र केन्द्रीय महाधिवेशन हो, त्यसैले जिल्ला अधिवेशन नसकिए पनि प्रदेश अधिवेशन रोकिदैन ।’
संवैधानिक व्यवस्थाका कारण कांग्रेस मंसिर मसान्तभित्र आफ्नो प्रदेश र केन्द्रीय कार्य समितिका पदाधिकारीको चुनाव गरेर त्यसको विवरण निर्वाचन आयोगमा बुझाई सक्नु पर्छ । निर्वाचन समितिले मसान्तभित्रै पदाधिकारीको मत परिणाम आइसक्ने गरी निर्वाचन कार्यक्रमको तयारी अघि बढाएको छ ।
उनले समय कम भएकाले उपाय नभएको बताए । महाधिवेशन त गर्नै पर्ने अवस्था छ । उनले मंसिर २१ गते नै मनोनयन दर्ता भएर निर्वाचनको प्रक्रिया अघि बढाइने बताए । कांग्रेसको केन्द्रीय महाधिवेशन मंसिर २४ देखि २६ गतेसम्म गर्ने कार्य तालिका छ ।
२४ गते उद्घाटन भएपछि २५ गते नै मतदान गर्ने गरी तयारी भइरहेको समितिले जनाएको छ । केन्द्रीय महाधिवेशनअघि १६ र १७ गते प्रदेश महाधिवेशन हुँदैछ । हालसम्म ३६ जिल्लामा अधिवेशन भएको छ ।


















लेबनान र इजरायलबिच १० दिने युद्धविराम
आज केही स्थानमा वर्षा र हिमपात, तराईमा गर्मी
बिस्केट जात्राको इतिहासमै पहिलोपटक महिलाले ताने नकिजु अजिमा (भद्रकाली)को रथ
आज मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व मनाइँदै
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
रवि लामिछानेले भने- खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस्
इरानको ‘आणविक’ विषयमा अमेरिका केन्द्रीत हुँदा इजरायलको चिन्ता ‘ब्यालिस्टिक क्षेप्यास्त्र’
राष्ट्रियसभाका अध्यक्ष दाहाल टर्की प्रस्थान
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
अमेरिका–इरान वार्तामा गति, पाकिस्तानको नयाँ प्रस्ताव
प्रतिक्रिया