पदाधिकारीमा तीन र केन्द्रीय समितिमा ३५ नेता सुरक्षित बनाउने लविङमा पूर्व माओवादी

चितवन (सौराह) । नेकपा (माओवादी केन्द्र) छोडेर एमालेमा बसेका पूर्व माओवादी समुहका नेताहरु पदाधिकारी र केन्द्रीय कमिटिमा आफ्नो पक्षका नेताहरुको सुरक्षित अवतरणकालागि लविङमा लागेका छन् । अध्यक्ष केपी ओलीलाई नै सर्वसम्मत पदाधिकारी र केन्द्रीय सदस्यको प्रस्ताव ल्याउने जिम्मेवारी दिएपछि पूर्व माओवादी समुहका नेताहरु पदाधिकारी र केन्द्रीय सदस्यमा आफु पक्षका नेताहरुको सुरक्षित अवतरणको प्रयासमा लागेका छन् ।
त्यसका लागि उनीहरुले रामवहादुर थापा, टोपवहादुर रायमाझी र लेखराज भट्टलाई पदाधिकारीमा सुरक्षित बनाउन चाहेका छन् । बादललाई वरिष्ठ उपाध्यक्ष या उपाध्यक्ष , रायमाझीलाईै उपमहासचिव र भट्टलाई सचिव बनाउन उनीहरुको प्रस्ताव छ । त्यस अतिरिक्त पनि मणि थापा र प्रभु साहलाई पनि पदाधिकारीमै सकभर समेटन उनीहरुको माग छ ।
‘तीन नेता पदाधिकारीमा सुनिश्चित हुनुपर्ने हाम्रो माग छ । थप दुई जनालाई पनि पदाधिकारीमा समेटदा राम्रो भन्ने गरी प्रस्ताव गरेका छौं,’ पूर्व माओवादी समुहका एक नेताले मेरोन्यूजसँग भने,–‘केन्द्रीय कमिटिमा पनि ३५ देखि ४० जना सम्म पूर्व माओवादी समुह छोडेका नेताहरुलाई समेटन प्रस्ताव गरेका छौं ।’
ओलीले आफु वसेको होटल पार्क सफारीमा आफु निकटका नेताहरु सुवास नेम्वाङ, इश्वर पोखरेल, शंकर पोखरेल, विष्णु पौडेल, विष्णु रिमाल लगायतका नेताहरुसँग छलफल गरिरहँदा पूर्व माओवादी समुहका नेताहरु पनि अलग्गै छलफलमा बसेका थिए । तर छलफलमा बादल भने सुहभागी भएनन । आफुसहति बस्दा गुटवन्दी हुन सक्ने भनी वादल नवसेपनि रायममझी, भट्ट, मणि , प्रभु लगायतका नेताहरु भने वादलसँगकै सहमतिमा अलग्गै छलफलमा बसेका थिए ।
त्यो छलफलमा ३ पदाधिकारी सुनिश्चित हुर्नेपर्ने, थप २ जनालाई पनि पदाधिकारीमा समेटदै राम्रो हुने र केन्द्रीय कमिटिमा एकताको भाव र सन्देश दिनका लागि भएपनि कम्तीमा ३५ जनालाई केन्द्रीय सदस्य बनाउनु पर्ने प्रस्ताव ओल िसामु गर्ने निश्कर्ष नेताहरुले निकालेका थिए । त्यसपछि रायमाझी र भट्ट समुहको निश्कर्ष सहितको प्रस्ताव वोकेर ओली वसेको होटलमा ओलीलाई भेटन पुगेका थिए ।
ओली समुहकै नेताहरु खुलेआम आफुले रोजेको पद सहित ओलीसँग लविङमा लागेका बेला पूर्व माओवादी धारका नेताहरुले भने उम्मेदवारीका विषयमा वाहिर कुनै प्रतिक्रिया नजनाई ओलीसँग मात्र सिधै आफ्नो समुहका नेताहरुको ब्यवस्थापनमा कुरा राखिरहेका छन् । पूर्व माओवादी समुहका नेताका तर्फबाट भट्ट र रायमाझीले ओलीसाग भेटेर आफनो समुहका नेताहरुको निश्कर्ष सुनाईसकेका छन् ।
ओलीले नेताहरुको प्रसतावलाई सकारात्मक लिँदै यसलाई उच्च महत्व दिने प्रतिक्रिया दिएका थिए ।
ओलीले आजको वन्दशत्रमा एमालेको नयाँ नेतृत्वका लागि आफनो तर्फबाट प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचि छ । हिजोको वन्दशत्रमा विष्णु पौडेलले पदाधिकारी तथा सदस्यहरु सर्वसम्मत रुपमा प्रस्ताव तयार पारेर वन्दशत्रमा पेश गर्न ओलीलाई जिम्मा दिने प्रस्ताव गरेका थिए । त्यसपछि हलले प्रस्ताव पारित गरेर ओलीलाई सर्वसम्मत नेतृत्व चयनको प्राधिकार दिएको थियो । आज विहान १० वजेका लागि तय भएको वन्दशत्र ओली अझै आफु वसेको होटलमा नेताहरुसँग छलफलमै ब्यस्त रहेकोले वन्दशत्र शुरु हुन सकेको छैन ।
















युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
प्रतिक्रिया