केपी ओली बाँचुञ्जेल एमालेको नेतृत्वमा बस्नु हुन्छ : दुर्गा प्रसाईं
मेरोन्यूज
२०७८ मंसिर १२ गते १२:५८

काठमाडौँ । नेकपा एमालेको जारी १० औँ महाधिवेशनमा सहभागी दुर्गा प्रसाईंले पार्टी उपाध्यक्ष भिम रावलले ‘सेफ ल्याण्डिङ’ गर्नु पर्ने बताएका छन् । पत्रकारसँग कुरा गर्दै उनले उपाध्यक्ष रावललाई अध्यक्ष पदमा उम्मेदवारी नदिन सबैले आग्रह गर्नु पर्ने बताए ।
‘उहाँ (रावल) अहिले टावरविहीन हुनु भएर आकाशमा घुमिरहनु भएको छ, त्यसलाई सेफ ल्याण्डिङ गर्ने हो क्या,’ उनले भने, ‘उहाँलाई सबै कार्यकर्ताले भन्नु पर्यो यस्तो नगर, पार्टीको आवश्यकता हो भने उहाँ उठ्दा हुन्थ्यो, तर यहाँ देशको आवश्यकता छ क्या, देशले केपी ओलीलाई खोजेको छ ।’
उनले देशको आवश्यक एमाले र केपी ओली भएको जिकिर गरे । पत्रकारले केपी ओलीको नेतृत्व एमालेमा कहिलेसम्म भन्ने प्रश्नमा उनले भने, ‘उहाँ (केपी ओली) बाँचुञ्जेलसम्म एमालेको नेतृत्वमा बस्नु हुन्छ, त्यसपछि हामी जस्तोले नेतृत्व गर्ने हो ।’
सम्बन्धित


















Minister Dr Timilsina visits Security Printing Center, takes updates on license printing
दुई दिनको बिदाले पर्यटन व्यवसायी उत्साहितः आर्थिक क्षेत्र चलायमान हुने विश्वास
स्याङ्जामा ६ सय विद्यार्थीको निःशुल्क स्वास्थ्य बिमा
Philippines forces kill 10 Islamist militants in arrest gunfight
कोरियाबाट फर्किएका कामदारको पुनःएकीकरणमा सघाउन २५ लाख डलर सहयोग
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
अमेरिका–इरान वार्तामा गति, पाकिस्तानको नयाँ प्रस्ताव
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
आजदेखि काठमाडौंमा रात्रिकालीन बससेवा सञ्चालन
जबर्जस्ती करणीका फरार अभियुक्त १८ वर्षपछि पक्राउ
प्रतिक्रिया