एनआरएनए एनसिसीहरुको दोस्रो विश्व भेला १५ मंसिरमा

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए० राष्ट्रिय समन्वय परिषद्हरुको दोस्रो विश्व भेला मङ्सिर १५ गते बुधबार हुने भएको छ । भर्चुअल माध्यमबाट हुने सो भेलामा अन्तर्राष्ट्रिय समन्वय समितिका नवनिर्वाचित सदस्यहरुलाई पनि आमन्त्रण गरिएको छ । यसअघि पहिलो विश्व भेला गत २४ अक्टोबरमा भर्चुअल माध्यमबाटै आयोजना गरिएको थियो ।
सङ्घभित्र विवाद बढ्दै गई सरकारविरुद्ध मुद्दा मामिला गर्न लागिएको बारे पनि भेलामा छलफल गरिने जनाइएको छ । राष्ट्रिय समन्वय परिषद् (एनसिसी) अमेरिकाका अध्यक्ष तथा एनसिसीहरुको पहिलो विश्व भेला तयारी समितिका संयोजक बुद्धि सुवेदीले परराष्ट्र मन्त्रालयले संरक्षक परिषद्लाई दसौँ महाधिवेशन गर्ने अधिकार दिएकामा कसरी सहयोग गर्न सकिन्छ भन्नेबारे भेलामा छलफल गरिने बताए ।
पञ्जीकृत सदस्यहरुले बुझाएको शुल्क खर्च गरेर सरकारविरुद्ध मुद्दा मामिला गर्नु एनआरएनए जस्तो सामाजिक संस्थालाई सुहाउने काम नभएको उनले बताए । संयोजक सुवेदीले भने,‘यो अत्यन्तै गैरजिम्मेवार कार्य हो । यसबारे पनि भेलामा छलफल हुनेछ ।’ उनले भेलाको निष्कर्ष सङ्घका विभिन्न निकायलगायत परराष्ट्र मन्त्रालयमा पनि पठाइने जानकारी समेत दिए । यसअघि पहिलो विश्व भेलाको निष्कर्ष बेलायत भ्रमणमा आएका प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि बुझाइएको थियो ।
यसैबीच गैरआवासीय सङ्घ जापानका पूर्वसल्लाहकार तथा अन्तर्राष्ट्रिय कानुनका ज्ञाता डा बलराम श्रेष्ठले परराष्ट्र मन्त्रालयको पछिल्लो पटक दिएको निर्देशनलाई गैरआवासीय नेपालीको एकता र सकारात्मक रुपमा लिनुपर्ने बताए ।
सन् २०२१ अक्टोबर १८ मा कार्यकाल सकेको सङ्घको अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) का अध्यक्ष कुमार पन्तले एनआरएनएका तर्फबाट कुनै पनि दीर्घकालीन असर पर्ने काम गर्न नपाउने विज्ञप्तिमार्फत बताएका थिए । एनआरएनएमा विभाजन ल्याउन नेपाल सरकारविरुद्ध मुद्दा गर्नुले एनआरएनएलाई वैधानिक रुपमा विभाजनको नजिक ल्याउन सक्ने उनको टिपणी छ ।

















इजरायलले लेबनानामा गरेको आक्रमणमा ८ जनाको मृत्यु
उत्तरी गोरखाका मतदान केन्द्रमा मतदान सम्पन्न
नवपुस्ताका मतदाता भन्छन् : ‘हाम्रो भविष्यसँग फेरि खेलबाड नहोस्’
अजरबैजानमा इरानी ड्रोन आक्रमण
उदयपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
तेल प्रशोधन केन्द्रमा इरानले आक्रमण गरेपछि साउदी अरबले के भन्यो ?
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
पेट्रोलियम पदार्थ तथा ग्यासको आपूर्ति राेकिएकाे छैन – आपूर्ति मन्त्रालय
दुबईमा दिवसको मृत्यु भएपछि शोकमा डुब्यो बोर्लाङ ठाँटी
प्रतिक्रिया