डडेलधुरामा फेरि अधिवेशन हुनुपर्छ : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले डडेलधुरामा पुन अधिवेशन हुनु्पर्ने बताएका छन् । आइतबार पार्टी केन्द्रिय कार्यालय सानेपामा १२ दिनदेखि अनसनरत नेता कार्यकतालाई भेटेर डा. कोइरालाले डडेलधुरामा पुन अधिवेशन हुनुपर्ने बताएका हुन् । उनले यस्ता प्रकारको अबैधानिक अधिबेशनलाई निर्वाचन समितिले बदर गर्नुपर्ने र यथाशीघ्र बैधानिक अधिबेशनको मिति तय गरिनुपर्ने बताउदै निर्बाचन समितिलाई यथाशिघ्र निर्णय गर्न सचेत गराए ।
उनले भने,‘कांग्रेसको बिधानमा जिल्ला सभापति र सिँगो जिल्ला कार्यसमितिलाई बाहिर राखेर अधिबेशन गर्ने कुराको कल्पना समेत गरेको छैन् ,यस्ता अबैधानिक अधिवेशन देख्दा देख्दै निर्बाचन समिति अन्धो भएर बस्न मिल्दैन,तत्काल लोकतन्त्रिक मुल्य रमान्यता नेपाली कांग्रेसको बिधान र प्रक्रिया अनुरुप अधिवेशन गर्नका लागि मिति तय गरिनुपर्छ । ’
सानेपा कांग्रेस केन्द्रीय कार्यालयमा रहेको निर्बाचन समितिको कार्यालयमा पुगेर समितिका संयोजक,सदस्यहरुलाई भेटेर निर्वाचन समितिले यस्तो किसिमको गम्भीर समस्याको न्यायपुर्ण निकास दिनुपर्ने उनको भनाई छ ।


















माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
मातातीर्थमा मातृभक्तको भीड
लेबनान र इजरायलबिच १० दिने युद्धविराम
आज केही स्थानमा वर्षा र हिमपात, तराईमा गर्मी
बिस्केट जात्राको इतिहासमै पहिलोपटक महिलाले ताने नकिजु अजिमा (भद्रकाली)को रथ
इरानको ‘आणविक’ विषयमा अमेरिका केन्द्रीत हुँदा इजरायलको चिन्ता ‘ब्यालिस्टिक क्षेप्यास्त्र’
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
राष्ट्रियसभाका अध्यक्ष दाहाल टर्की प्रस्थान
अमेरिका–इरान वार्तामा गति, पाकिस्तानको नयाँ प्रस्ताव
नयाँ वर्षको शुभकामना दिँदै प्रधानमन्त्री बालेनले भने- सदैव शुभ होस्, दुःखको हरण होस्
प्रतिक्रिया