उद्योग वाणिज्य संघ दार्चुलाको अध्यक्षमा थापा विजयी

कैलाली । दार्चुला उद्योग वाणिज्य संघको अध्यक्षमा सुरेश सिंह थापा विजयी भएका छन् । उद्योग वाणिज्य संघ दार्चुलाका कार्यकारी अधिकृत अमर महराका अनुसार अन्तिम नतिजा अनुसार ५४८ मत खसेकोमा थापा ३७३ मत प्राप्त गर्दै विजयी भएका हुन् ।
अध्यक्षका अर्का उम्मेदवार इन्द्रराज पन्तले १५४ मत मात्रै प्राप्त गरे । खसेको कूल मतमध्ये २१ मत बदर भएको थियो । उद्योग वाणिज्य संघ दार्चुलाको ८ औँ अधिवेशनबाट अध्यक्षबाहेक सबै पदाधिकारी र सदस्यहरु निर्विरोध निर्वाचित भएका थिए ।
अध्यक्षमा दुई जनाको उम्मेदवारी परेपछि आइतबार बिहान मतदान सुरु भएको थियो । दार्चुलामा नेकपा एमाले निकट व्यवसायीहरुले विगतदेखि नै उद्योग वाणिज्य संघ दार्चुलाको नेतृत्व गर्दै आएका छन् ।
अध्यक्षमा निर्वाचित थापा एमाले निकट हुन भने पराजित भएका पन्त नेपाली कांग्रेस निकट हुन् । अध्यक्षबाहेक पदाधिकारी र सदस्यमा पनि अध्यक्ष सुरेशसिंह थापा प्यानलका उम्मेदवारहरु नै निर्विरोध निर्वाचित भइसकेका छन् । यद्यपि, थापा प्यानलबाट कांग्रेस र माओवादी निकटका उम्मेदवारसमेत निर्विरोध निर्वाचित भइसकेकाले थापालाई साझा उम्मेदवारको रुपमा हेरिएको थियो ।
यसअघि दार्चुला वाणिज्य संघ दार्चुलाको वरिष्ठ उपाध्यक्षमा विसन बोहरा, उद्योग उपाध्यक्षमा केशबहादुर पाल, वाणिज्य उपाध्यक्षमा हरकसिंह बडाल, महासचिव सर्पराज बडू, सचिव दिलेन्द्रराज अवस्थी, कोषाध्यक्ष कमलसिंह धामी, सहकोषाध्यक्ष प्रेमसिंह डडाल, सदस्यहरुमा करनसिंह बडाल, भुवनसिंह धामी, प्रकाश सामन्त, इन्द्रसिंह ठगुन्ना, कम्मानसिंह ठगुन्ना, राजेशसिह नेपाली, दलजितसिह महता, दिनेश निरौला, सुरेन्द्रसिंह बडाल निर्विरोध निर्वाचित भएका छन् ।
निजी क्षेत्रलाई बलियो र सशक्त बनाउनका लागि आफूले काम गर्ने अध्यक्ष थापाले बताए । उद्योग वाणिज्य संघको अधिवेशनका लागि कूल ९५८ जना मतदाता रहेकोमा ५४८ मत मात्रै खसेको निर्वाचन समितिले जनाएको छ ।










गैरमुस्लिम विदेशीका लागि साउदी अरबमा रहेकाे एकमात्रै मदिरा पसलमा ग्राहककाे भिड
बालुवाटारमा प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछाने भेटवार्ता जारी
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
निर्वाचनको तयारीबारे भोलि प्रधानमन्त्रीसहितको सर्वपक्षीय छलफल
गहना चोरी गरी बिक्री गर्ने दुई जना पक्राउ
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
प्रतिक्रिया