एमाले महाधिवेशन
१२ घण्टा ढिलो गरी बल्ल ओली महाधिवेशनस्थलमा, अध्यक्षमण्डलको बैठक सुरु

चितवन । नेकपा एमालेको १० औं राष्टिय महाधिवेशनको बन्दशत्रको दोस्रो सेसन वल्ल शुरु हुने तयारी भएको छ । निर्धारित समयभन्दा १२ घण्टा ढिलो गरेर मध्यरात १० वजे वल्ल महाधिवेशनको दोस्रो सेसन शुरु हुन लागेको हो ।
चितवनको सौराहामा जारी एमाले राष्ट्रिय महाधिवेशनको बन्दसत्र स्थलमा अध्यक्ष केपी ओली अवको नयाँ नेतृत्वको दिनभर गृहकार्य गरी तयार पारेको नामावलीको रोष्टर बोकेर पुगेपछि अध्यक्ष मण्डलको बैठक सुरु भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली बन्दसत्र स्थलमा प्रवेश गरेसँगै अध्यक्षमण्डलको बैठक सुरु भएको हो ।
महाधिवेशनको अध्यक्षमण्डलमा अध्यक्ष ओली, उपाध्यक्षहरू भीम रावल, युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य सदस्य रहनुभएको छ । त्यस्तै महासचिव ईश्वर पोखरेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ र स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’ छन् । त्यसैगरी स्थायी कमिटी सदस्यहरू टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा र लालबाबु पण्डित पनि अध्यक्षमण्डलमा छन् ।
अध्यक्षमण्डलको बैठकपछि बन्दसत्र सुरु हुने बताइएको छ । बैठकले पदाधिकारी र केन्द्रिय सदस्यको नाममा सहमति गर्ने र आजै घोषणा गर्ने तयारी छ । वन्दशत्र कसरी चलाउने भन्नेमा अध्यक्षमण्डलमा अहिले छलफल भईरहेको एमाले केन्द्रीय कार्यालयका सचिव शेरवहादुर तामाडले जानकारी दिए ।


















लेबनान र इजरायलबिच १० दिने युद्धविराम
आज केही स्थानमा वर्षा र हिमपात, तराईमा गर्मी
बिस्केट जात्राको इतिहासमै पहिलोपटक महिलाले ताने नकिजु अजिमा (भद्रकाली)को रथ
आज मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व मनाइँदै
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
रवि लामिछानेले भने- खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस्
इरानको ‘आणविक’ विषयमा अमेरिका केन्द्रीत हुँदा इजरायलको चिन्ता ‘ब्यालिस्टिक क्षेप्यास्त्र’
राष्ट्रियसभाका अध्यक्ष दाहाल टर्की प्रस्थान
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
अमेरिका–इरान वार्तामा गति, पाकिस्तानको नयाँ प्रस्ताव
प्रतिक्रिया