शुक्रबार, वैशाख ४, २०८३

एमाले महाधिवेशन

भीम रावल सहमतीमा नआए रातभर उम्मेदवारी दर्ता प्रक्रिया पूरा गरेर भोलि मतदान

सोमबार विहान ९ देखि दिउँसो ४ बजेसम्म मतदान

मेरोन्यूज २०७८ मंसिर १२ गते २३:४२


चितवन । नेकपा एमालेमा फेरि सर्वसहमत अध्यक्ष हुन लागेका केपी ओलीको विरुद्धमा उम्मेदवारी घोषणा गरेका भीम रावल सहमतिमा नआए रातभर निर्वाचन प्रक्रिया शुरु गरी भोलि विहान मतदान गर्ने गरी निर्वाचन समितिले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । अध्यक्षमण्डलसँगको छलफलकै आधारमा निर्वाचन समितिले मतदान प्रक्रियाका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

घोषित निर्वाचन तालिका अनुसार मतदाता नामावली प्रकाशन देखि उम्मेदवारी दर्ता, फिर्ता र अन्तिम उम्मेदवारको नामावली समेत रातभरमै प्रक्रिया पूरा गरेर भोलि विहान ९ वजेदेखि ४ वजेसम्म मतदान गर्ने गरी निर्वाचन समितिले कार्यतालिका सार्वजनिक गरेको हो । मध्यरात सवा ११ वजे निर्वाचन समितिले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । सहमति भएका पदमा सहमति र नभएका पदमा चुनाव गर्ने गरी समितिले कार्यतालिका सार्वजनिक गरेको हो ।

राति ११ बजे मतदाता नामावली प्रकाशन गरेर साढे ११ बजेसम्म उम्मेदवारको दरखास्त फारम वितरण गर्ने र राति १ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गर्ने गरी कार्यतालिका तय भएको निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बलो जानकारी दिएका छन् ।

तालिका अनुसार, उम्मेदवारको अन्तिम नामावली राती २ वजेर १० मिनेटमा प्रकाशित गर्ने गरी त्यस अगाडी उम्मेदवारी दर्ता, उम्मेदवारीमा दावी विरोध, फिर्ता र अन्तिम नामावली सम्मका कार्यतालिका बनेको निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले जानकारी दिए ।

सर्वसम्मति नभएको अवस्थामा मतदानको समय भने सोमवार विहान ९ बजेदेखि अपरान्ह ४ बजेसम्म तोकिएको छ ।

प्रतिक्रिया