ओलीले छाने १९ पदाधिकारी, पूर्व माओवादीका तीन नेता पाए स्थान

काठमाडौँ । नेकपा एमालेको १० औँ महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले १९ जना पदाधिकारीको नाम सार्वजनिक गरेका छन् । जसमा उनीविरुद्ध अध्यक्ष पदका लागि भिम रावलले प्रतिस्पर्धा गर्ने भएका छन् ।
ओलीले सार्वजनिक गरेको १९ सदस्यीय पदाधिकारीमा तीन जना माओवादी केन्द्रबाट गएका नेताहरूसहित पार्टी विभाजनमा माधव कुमार नेपालको साथ छाडेर एमालेमै बसेकाहरूसमेत रहेका छन् । उनले आफूपछाडि ईश्वर पोखरेललाई वरिष्ठ उपाध्यक्षको भूमिकामा राखेका छन् ।
यस्तै, ६ जना उपाध्यक्षमध्ये युवराज ज्ञवाली, माधव नेपालको साथ छाडेर एमालेमै बसेका अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, पूर्वमाओवादी नेता रामबहादुर थापा ‘बादल’, विष्णु पौडेल र सुवास नेम्वाङ रहेका छन् ।
पदाधिकारीमा ओलीले महासचिवमा शंकर पोखरेललाई राखेका छन् भने उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल रहेका छन् ।
यस्तै, ओलीले सचिवमा ७ जनालाई मनोनित गरेका छन् । जसमा पूर्वमाओवादीका दुई नेतासहित माधव नेपालको साथ छाडेर एमालेमै बसेका नेताहरू रहेका छन् । जसमा पूर्वमाओवादीका नेताहरू टोपबहादुर रायमाझी र लेखराज भट्ट रहेका छन् ।
यसैगरी, रघुवीर महासेठ, छविलाल बिक, पद्मा अर्यालसहित योगेश भट्टराई र गोकर्ण विष्ट रहेका छन् । भट्टराई र विष्टले माधव नेपालको साथ छाडेर एमालेमा नै बसेका थिए भने अर्याल पहिलोपटक सचिवमा मनोनित भएकी हुन् ।
अध्यक्षमा उम्मेद्वारी दिने घोषणा गरेका भीम रावल र उपाध्यक्षमै लड्ने बताएका घनश्याम भुसाल भने १९ सदस्यीय पदाधिकारीमा परेका छैनन् ।
आइतबार मध्यरातमा बसेको बन्दसत्रको बैठकमा अध्यक्ष ओलीले तीन सय एक केन्द्रीय सदस्य मनोनित गरेका छन् । जसमा एक सय ९४ जना पुरानै अनुहार रहेका छन् भने बाँकी नयाँ अनुहार थपिएका छन् । तर, ओली निकट मानिएका झापाका व्यवसायी दुर्गा प्रसाईं ओलीको मनोनयमा पर्न सकेनन् । उनले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने बताएका छन् ।


















लेबनान र इजरायलबिच १० दिने युद्धविराम
आज केही स्थानमा वर्षा र हिमपात, तराईमा गर्मी
बिस्केट जात्राको इतिहासमै पहिलोपटक महिलाले ताने नकिजु अजिमा (भद्रकाली)को रथ
आज मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व मनाइँदै
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
रवि लामिछानेले भने- खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस्
इरानको ‘आणविक’ विषयमा अमेरिका केन्द्रीत हुँदा इजरायलको चिन्ता ‘ब्यालिस्टिक क्षेप्यास्त्र’
राष्ट्रियसभाका अध्यक्ष दाहाल टर्की प्रस्थान
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
अमेरिका–इरान वार्तामा गति, पाकिस्तानको नयाँ प्रस्ताव
प्रतिक्रिया