असंलग्न आन्दोलनको सान्दर्भिकता आज पनि यथावत : सभामुख सापकोटा

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले विश्व शान्तिका लागि खतरा, घरेलु मामिलामा हस्तक्षेप, असमानता र अनुचित व्यवहारका घटनाहरूका कारण असंलग्न आन्दोलनको सान्दर्भिकता आज पनि यथावत रहेको बताएका छन् ।
गएराति स्पेनमा भएको असंलग्न आन्दोलनको सञ्जाल (नाम)को बैठकलाई सम्बोधन गर्दै सभामुख सापकोटाले संयुक्त राष्ट्र संघको बडापत्रका सिद्धान्तहरूलाई कायम राख्ने, राष्ट्रिय स्वतन्त्रतालाई समर्थन गर्ने, सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको संरक्षण गर्ने सन्दर्भमा पनि यसको आवश्यकता औंल्याएका थिए ।
‘विश्वका विकासशील देशहरू निरन्तर रुपमा आर्थिक, सामाजिक र राजनीतिक क्षेत्रमा समानताको मैदाननबाट वञ्चित छन्, यी चुनौतिहरू रहँदासम्म असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरूले शान्ति, न्याय र विकासका लागि आवाज उठाइरहने छन्,’ उनले भने, ‘नतिजाका लागि हाम्रा संसदहरूले त्यसतर्फको राष्ट्रिय प्रयासहरूलाई सहयोग र प्रोत्साहन जारी राख्नेछन् ।’
सभामुख सापकोटाले संसदीय ऐक्यबद्धता र अनुभवको आदान प्रदानले असंलग्न आन्दोलनका सिद्धान्त र आदर्शलाई सुदृढ बनाउने विश्वास व्यक्त गरे । ‘नेपालमा असंलग्नता हाम्रो परराष्ट्र नीतिको आधारभूत पक्ष हो । शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्त पञ्चशील, नेपालका अमर पुत्र बुद्धको शिक्षामा आधारित छन् ।’
सभामुख सापकोटाले आइतबार स्पेनको म्याड्रिडमा जारी अन्तर व्यबस्थापिका संघ आई पि यू को १४३ औं सभालाई सम्बोधन गर्दै शासनको सबैभन्दा मनपर्ने स्वरूपको रूपमा प्रचलित भए पनि लोकतन्त्र चुनौती रहित नरहेको तर्फ विश्व समुदायको ध्यानाकर्षण गराएका थिए ।
आई पि यू सम्मेलनमा सहभागी हुन सभामुख सापकोटा गत मंसिर ८ गते स्पेन प्रस्थान गरेका थिए । उनी आगामी मंसिर १६ गते स्वदेश फर्कने कार्यक्रम छ ।
सम्माननीय सभामुख अग्निप्रसाद सापकोटाले असंलग्न आन्दोलनको सञ्जाल (नाम) म्याड्रिड बैठकमा गएराति गरेको सम्बोधनको पूर्णपाठ (नेपाली भावानुवाद) ।
महामहिम मेडम साहिबा गफारोवा,
महामहिमहरू,
महिला तथा सज्जनवृन्द,
सभामुख महोदयलाई असंलग्न आन्दोलनको संसदीय सञ्जाल (नाम)को बैठक आयोजना गर्नु भएकोमा बधाई दिएर आफ्नो भनाई सुरु गर्दछु । मैले संसद र अजरबैजान सरकारलाई आन्दोलनको उत्कृष्ट नेतृत्वको लागि हाम्रो निष्कपट प्रशंसाको अभिलेखमा राखेको छु ।
सभामुख महोदय,
संयुक्त राष्ट्र संघको बडापत्रका सिद्धान्तहरूलाई कायम राख्ने, राष्ट्रिय स्वतन्त्रतालाई समर्थन गर्ने, सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको संरक्षण गर्ने र विश्व शान्तिका लागि खतरा, घरेलु मामिलामा हस्तक्षेप, असमानता र अनुचित व्यवहारका घटनाहरू देख्दा नाम को सान्दर्भिकता आज पनि यथावत छ । विश्वका विकासशील देशहरू निरन्तर रुपमा आर्थिक, सामाजिक र राजनीतिक क्षेत्रमा समानताको मैदाननबाट वञ्चित छन् ।
यी चुनौतिहरू रहँदासम्म नाम सदस्य राष्ट्रहरूले शान्ति, न्याय र विकासका लागि आवाज उठाइरहने छन् । नतिजाका लागि हाम्रा संसदहरूले त्यसतर्फको राष्ट्रिय प्रयासहरूलाई सहयोग र प्रोत्साहन जारी राख्नेछन् ।
हस्तक्षेप नगर्नेलगायतका उद्देश्यका साथ नाम को स्थापना भएको हो ।
‘ग्लोबल साउथ’का कुनै पनि देश र जनता विरुद्ध हुने सबै प्रकारको अन्यायपूर्ण र अनुचित व्यवहारको अन्त्य गर्ने लक्ष्य नाम हो । शीतयुद्धका कारण बढ्दो विभाजनको बीचमा हाम्रा नेताहरू सामूहिक हितको रक्षा गर्न दृढ भएर उभिए ।
सभामुख महोदय,
संसदले जनताको प्रतिनिधित्व गर्छ । जनताले सार्वभौमसत्ता जोगाउनका लागि संसदलाई आफ्नो जनादेश दिन्छन् । विधायिकी अधिकारमार्फत अन्तर्राष्ट्रिय दायित्वहरू प्रयोगमा आउँछन् । संसदीय ऐक्यबद्धता र अनुभवको आदान प्रदानले नाम का सिद्धान्त र आदर्शलाई सुदृढ बनाउने विश्वास लिएको छु ।
नेपालमा असंलग्नता हाम्रो परराष्ट्र नीतिको आधारभूत पक्ष हो । शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्त पञ्चशील, नेपालका अमर पुत्र बुद्धको शिक्षामा आधारित छन् ।
नेपालको संघीय संसद लोकतान्त्रिक मूल्य र मान्यताको संरक्षक हो । जनताले आफ्नो अधिकारको रक्षा र विकासको उपभोगका लागि संसदमा आशा राखेका छन् । नेपालको संसद समझदारी र सहयोग अभिवृद्धि गर्न र हाम्रो समयका ज्वलन्त मुद्दाहरूलाई सम्बोधन गर्न प्रतिबद्ध छ ।
अन्त्यमा, म नाम ले समकालिन चुनौतिहरूलाई सम्बोधन गर्न सक्षम हुनुपर्छ भन्ने कुरा दोहोर्याउन चाहन्छु । हामीले साझा लक्ष्य हासिल गर्न सामूहिक शक्ति निर्माण गर्नुपर्छ । म यी लक्ष्यहरू प्राप्त गर्न सहभागी प्रतिष्ठित प्रतिनिधिहरूसँग काम गर्ने मेरो प्रतिनिधिमण्डलको दृढ प्रतिबद्धतालाई पुनः दोहोर्याउँछु ।
तपाईंहरुलाई धन्यवाद ।

















मतगणना १६५ निर्वाचन क्षेत्रमै हुने
प्रधानमन्त्री कार्कीको तस्बिर राख्दै बालेनले लेखे – हजुरको नेतृत्वमा आज लोकतन्त्रले जितेको छ
काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कतारका समकक्षीसँग प्रधानमन्त्री कार्कीको टेलिफोन वार्ताः नेपाली कामदारको सुरक्षाबारे कुराकानी
मतदानबारे जानकारी दिन पत्रकार सम्मेलन गर्दै निर्वाचन आयोग
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
पेट्रोलियम पदार्थ तथा ग्यासको आपूर्ति राेकिएकाे छैन – आपूर्ति मन्त्रालय
दुबईमा दिवसको मृत्यु भएपछि शोकमा डुब्यो बोर्लाङ ठाँटी
Why Tech Innovation Is Central to China’s 15th Five-Year Plan
प्रतिक्रिया