औपचारिकता पूरा गर्न मात्रै निर्वाचन अपनाएका हौँ : नेता बस्नेत
मेरोन्यूज
२०७८ मंसिर १३ गते १०:३८

काठमाडौँ । नेकपा एमालेका नेता महेश बस्नेतले औपचारिकता पूरा गर्न मात्रै एमाले महाधिवेशनमा निर्वाचन हुन लागेको बताएका छन् । सोमबार बिहान पत्रकारसँग कुरा गर्दै उनले विपक्षी मतलाई पनि स्थान दिनु पर्ने भएकाले मतदान हुन लागेको बताएका हुन् ।
‘हलले सम्पूर्ण अधिकार बहुमतले अध्यक्षलाई दिएको थियो, यसो हुँदा हुँदै पनि केही कमरेडले असहमति जनाएपछि हामी लोकतान्त्रिक पद्धतिमा विश्वास गर्ने भएकाले फरक मत र धारणलाई सम्मान गरी औपचारिकता पूरा गर्न मात्रै निर्वाचन विधि अपनाएका हौँ,’ उनले भने ।
यस्तै, नेता विष्णु रिमालले समय थपेर भए पनि पार्टी एक ढिक्का बनाउने प्रयास भएको बताए । उनले अध्यक्ष मण्डलले तयार पारेको सूचीमा चित्त नबुझाएकाले निर्वाचनमा जानु परेको बताए । उनले एमालेमा कुनै गुट नभएको प्रष्ट पारे ।
सम्बन्धित


















विश्वकप लिग–२ सिरिजका लागि नेपाली १५ सदस्यीय टोली घोषणा, अर्जुनले पनि पाए मौका
इजरायल र लेबनानबिच युद्धविराम गर्ने सहमति, इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
सन् २०२५ मा नौ सय रोहिंग्या शरणार्थीको मृत्यु
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
संसदीय समितिका सभापतिको निर्वाचन शुक्रबार
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
प्रतिक्रिया