ओलीले छानेका वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिव निर्विरोध निर्वाचित
इश्वर पोखरेल वरिष्ठ उपाध्यक्ष, शंकर पोखरेल महासचिवमा निर्विरोध, पदाधिकारीमा थप ३ जनाको मात्रै उम्मेदवारी

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल निर्वरोध निर्वाचित भएका छन् । अध्यक्ष केपी ओली र भीम रावल चुनावी प्रतिस्पर्धामा रहेका बेला महासचिवमा भने पोखरेल निर्विरोध निर्वाचित भएका हुन् । त्यस्तै वरिष्ठ उपाध्यक्षमा इश्वर पोखरेल, उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाल पनि निर्विरोध निर्वाचित भएका छन् ।
पदाधिकारीमा ओलीले घोषणा गरेका वाहेक तीन जनाको मात्रै उम्मेदवारी परेको छ । अध्यक्षमा स्वंम ओलीसँग भीडन भीम रावल, उपाध्यक्षमा घनश्याम भुसाल र सचिवमा भीम आचार्यको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।
नेकपा एमालेको महासचिव पदका लागि कसैको पनि उम्मेदवारी नपरे पछि शंकर पोखरेल निर्विरोध हुने भएका छन् । बिहान १० बजेको समयसीमाभित्र पोखरेलको मात्र उम्मेदवारी दर्ता भएको हो ।
निर्वाचन आयोगले औपचारिक घोषणा गर्न भने बाँकी छ ।









राजधानीमै छैन पर्यटक बसको बसपार्क
चुनावमा नउठ्ने घोषणा गर्दै अष्टलक्ष्मीले भनिन्– ‘म नभई पार्टी चल्दैन भन्ने कुराबाट मुक्त होऔँ’
पुरानै संरचनामा फर्कियो एमाले, पदाधिकारी १९, स्थायी कमिटी यथावत
एमाले महाधिवेशनको बन्दसत्र सुरु हुने समय फेरि सर्याे
एसिया कप भोलिदेखि, नेपाली टोली युएइ पुग्यो
डडेलधुराबाट देउवाको नाम एकल सिफारिस
फाइनल पुग्न विराटनगरलाई लुम्बिनीले दियो १३५ रनको लक्ष्य
एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा
लुम्बिनीविरुद्ध पहिले फिल्डिङ गर्दै विराटनगर
प्रतिक्रिया