कैलालीमा मतदाता नामावली संकलन कार्य सुरु हुँदै

कैलाली । कैलालीमा मतदाता नामावली संकलन कार्य सुरु हुने भएको छ । प्रदेश निर्वाचन कार्यालय कैलालीले दुई चरणमा मतदाता नामावली संकलन कार्य सुरु गर्न लागेको हो ।
मंसिर १७ गतेदेखि पुस २ गतेसम्म पहिलो चरण र पुस ४ गतदेखि १८ गतेसम्म दोस्रो चरणमा मतदाता नामावली संकलन कार्य सुरु गर्न लागिएको प्रदेश निर्वाचन कार्यालय कैलालीका निमित्त प्रदेश निर्वाचन अधिकारी प्रेमराज भट्टले बताए । पहिलो चरणमा ५ वटा स्थानीय तह र दोस्रो चरणमा ५ वटागरी १० वटा स्थानीय तहमा मतदाता नामावली संकलन गरिने उनले बताए ।
तीनवटा स्थानीय तहमा इलाका प्रशासन कार्यालयबाट निरन्तर मतदाता नामावली भइरहेको उनको भनाइ छ । १७ गतेदेखि प्रदेश निर्वाचन कार्यालयबाट अन्य जिल्लाको मतदाता नामावालीमा नाम दर्ता गर्न चाहानेलाई पनि कार्यालयबाटै नामावली दर्ता गरिने उनले बताए ।
पहिलो चरणमा कैलारी गाउँपालिका, गोदावरी नगरपालिका, बर्दगोरिया गाउँपालिका, चुरे गाउँपालिका र जोशीपुर गाउँपालिकामा मतदाता नामावली हुने भएको छ । त्यस्तै दोस्रो चरणमा लम्कीचुहा नगरपालिका, मोहन्याल गाउँपालिका, गौरीगंगा नगरपालिका, जानकी गाउँपालिका र भजनी नगरपालिकामा हुने छ ।
धनगढी उपमहानगरपालिकाको हकमा भने जिल्ला प्रशासन कार्यालय कैलाली र प्रदेश निर्वाचन कार्यालयबाट मतदाता नामावली भइरहेको प्रदेश निर्वाचन अधिकारी भट्टले बताए । घोडाघोडी नगरपालिकाको इलाका प्रशासन कार्यालय सुखड र टिकापुर नगरपालिकाको इलाका प्रशासन कार्यालय टीकापुरबाटै मतदाता नामावली संकलन भइरहेको उनको भनाइ छ ।
कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले सबै नागरिकले मतदाता नामावलीमा नाम दर्ता गर्न आवश्यक रहेको बताए । प्रदेश निर्वाचन कार्यालय कैलालीले सोमबार मतदाता नामावली सकंलन सम्बन्धी सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रमसमेत गरेको थियो । अन्तरक्रिया कार्यक्रममा राजनीतिक दल, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिलगायको सहभागिता रहेको थियो ।


















विश्वकप लिग–२ सिरिजका लागि नेपाली १५ सदस्यीय टोली घोषणा, अर्जुनले पनि पाए मौका
इजरायल र लेबनानबिच युद्धविराम गर्ने सहमति, इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
सन् २०२५ मा नौ सय रोहिंग्या शरणार्थीको मृत्यु
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
आजदेखि देशभर आर्थिक गणना हुँदै
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
प्रतिक्रिया