‘भिम रावलमाथि अत्याचार भएपछि उहाँको पक्षमा उभिएको छु’
मेरोन्यूज
२०७८ मंसिर १३ गते १३:०२

काठमाडौँ । नेकपा एमालेका नेता तथा उपाध्यक्षका दाबेदार घनश्याम भुसालले आफू भिम रावलको पक्षमा रहेको बताएका छन् । जारी १० औँ महाधिवेशनमा पत्रकारसँग बोल्दै उनले आफू रावलको पक्षमा रहेको बताएका हुन् ।
उनले आफू क्रान्तिको पक्षमा रहेको समेत बताएका छन् । ‘यो प्रक्रियामा म भिम रावलको पक्षमा पहिलेदेखि उभिएको छु, जहिलेदेखि भिम रावलमाथि अत्याचार भएको छ, त्यही बेलादेखि म उहाँको पक्षमा उभिराखेको छु,’ उनले भने ।
यस्तै नेता भुसाल आफू व्यक्तिभन्दा क्रान्तिका पक्षमा रहेको बताए । उनले भने, ‘मलाई व्यक्तिसँग केही मतलब हुँदैन, मेरा सम्बन्धले केही गर्दैन, क्रान्तिको पक्षमा भएकाले ऊ ठीक छ, अप्ठ्यारो–सफ्ठ्यारो जेसुकै होस् मेरो कमिटमेन्ट हो, म समर्थन गर्छु ।’
सम्बन्धित

















वीरगन्जमा अतिक्रमित संरचना भत्काउन सुरु
एसईई दिएका विद्यार्थीका लागि एनसेलको निःशुल्क अनलाइन लर्निङ र गेमिङ सुविधा
‘क्रुड आयल ’ भन्दा प्रशोधित इन्धनको मूल्य बढी : आयल निगम
३३ अंकले घट्यो सेयर बजार
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब
ललितपुर महानगरलाई ११ थान ‘फोटोन टिएम १’ हस्तान्तरण, फोहोर संकलनका लागि इलेक्ट्रिक गाडी प्रयोग हुने
प्रतिक्रिया