आइतबार, मंसिर २८, २०८२

कमल थापाद्वारा पार्टी अध्यक्षमा उम्मेदवारीको घोषणा

मेरोन्यूज २०७८ मंसिर १३ गते १७:००

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले काठमाडौंमा मंसिर १५ गतेदेखि हुने पार्टीको महाधिवेशनमा आफूले पुनः अध्यक्षमा उम्मेद्वारी दिने घोषणा गरेका छन् । सोमवार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष थापाले काठमाडौंमा मंसिर १५ गतेदेखि हुने पार्टीको महाधिवेशनमा आफूले पुनः अध्यक्षमा उम्मेद्वारी दिने घोषणा गरेका हुन् । उनले पार्टीमा रहेर नगरी नहुने काम धेरै रहेको र त्यो काम अपूरो छाडेर आफू बाहिरिन नसक्ने बताए । उनले पार्टीको नेतृत्व गरेर राप्रपालाई एकपटक माथि उठाएपछि मात्रै नेतृत्व हस्तान्तरण गर्ने बताए ।

अध्यक्ष थापाले भने, ‘यो पृष्ठभूमिमा म तपाईहरु समक्ष आगामी दिनमा पार्टीलाई कहिल्यै फुट्न नदिने र नफुटाउने संकल्पका साथ पार्टीको अध्यक्ष पदमा आफ्नो उम्मेदवारीको घोषणा गर्दछु । केही कामहरु अधुरा छन्, केही नगरी नहुने कामहरु बाँकी छन्, ती अधुरा कामहरुलाई अधुरै छोडेर पलायन हुने अनुमति मलाई छैन । साथीहरु आगामी मंसिर १५ गतेदेखि हाम्रो महाधिवेशन हुँदैछ, यो महाधिवेशन एकताको महाधिवेशन हो, यो महाधिवेशन केवल नाम मात्रैको होइन, मन, वचन र कर्मले एकताको महाधिवेशन हुनुपर्दछ । म सम्पूर्ण महाधिवेशनका प्रतिनिधिहरुलाई यो महाधिवेशनबाट फर्केर घर जाँदा पार्टीलाई कहिल्यै फुट्न नदिने संकल्प गर्नुपर्दछ भन्ने मलाई लाग्छ ।’ अध्यक्ष थापाले आफूपछिको उत्तराधिकारी राजेन्द्र लिङदेन र धवल समशेर नै भएकोले एकपटक एकत्रित पार्टीको नेतृत्व गरेर राप्रपालाई माथि उठाउने अवसर आफूलाई दिन आग्रह गरे ।

प्रतिक्रिया