कमल थापाद्वारा पार्टी अध्यक्षमा उम्मेदवारीको घोषणा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले काठमाडौंमा मंसिर १५ गतेदेखि हुने पार्टीको महाधिवेशनमा आफूले पुनः अध्यक्षमा उम्मेद्वारी दिने घोषणा गरेका छन् । सोमवार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष थापाले काठमाडौंमा मंसिर १५ गतेदेखि हुने पार्टीको महाधिवेशनमा आफूले पुनः अध्यक्षमा उम्मेद्वारी दिने घोषणा गरेका हुन् । उनले पार्टीमा रहेर नगरी नहुने काम धेरै रहेको र त्यो काम अपूरो छाडेर आफू बाहिरिन नसक्ने बताए । उनले पार्टीको नेतृत्व गरेर राप्रपालाई एकपटक माथि उठाएपछि मात्रै नेतृत्व हस्तान्तरण गर्ने बताए ।
अध्यक्ष थापाले भने, ‘यो पृष्ठभूमिमा म तपाईहरु समक्ष आगामी दिनमा पार्टीलाई कहिल्यै फुट्न नदिने र नफुटाउने संकल्पका साथ पार्टीको अध्यक्ष पदमा आफ्नो उम्मेदवारीको घोषणा गर्दछु । केही कामहरु अधुरा छन्, केही नगरी नहुने कामहरु बाँकी छन्, ती अधुरा कामहरुलाई अधुरै छोडेर पलायन हुने अनुमति मलाई छैन । साथीहरु आगामी मंसिर १५ गतेदेखि हाम्रो महाधिवेशन हुँदैछ, यो महाधिवेशन एकताको महाधिवेशन हो, यो महाधिवेशन केवल नाम मात्रैको होइन, मन, वचन र कर्मले एकताको महाधिवेशन हुनुपर्दछ । म सम्पूर्ण महाधिवेशनका प्रतिनिधिहरुलाई यो महाधिवेशनबाट फर्केर घर जाँदा पार्टीलाई कहिल्यै फुट्न नदिने संकल्प गर्नुपर्दछ भन्ने मलाई लाग्छ ।’ अध्यक्ष थापाले आफूपछिको उत्तराधिकारी राजेन्द्र लिङदेन र धवल समशेर नै भएकोले एकपटक एकत्रित पार्टीको नेतृत्व गरेर राप्रपालाई माथि उठाउने अवसर आफूलाई दिन आग्रह गरे ।


















माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
मातातीर्थमा मातृभक्तको भीड
लेबनान र इजरायलबिच १० दिने युद्धविराम
आज केही स्थानमा वर्षा र हिमपात, तराईमा गर्मी
बिस्केट जात्राको इतिहासमै पहिलोपटक महिलाले ताने नकिजु अजिमा (भद्रकाली)को रथ
इरानको ‘आणविक’ विषयमा अमेरिका केन्द्रीत हुँदा इजरायलको चिन्ता ‘ब्यालिस्टिक क्षेप्यास्त्र’
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
राष्ट्रियसभाका अध्यक्ष दाहाल टर्की प्रस्थान
अमेरिका–इरान वार्तामा गति, पाकिस्तानको नयाँ प्रस्ताव
नयाँ वर्षको शुभकामना दिँदै प्रधानमन्त्री बालेनले भने- सदैव शुभ होस्, दुःखको हरण होस्
प्रतिक्रिया