कांग्रेसको बागमती प्रदेश सदस्यमा नुवाकोटका प्रमोद रिमालले घोषणा गरे उम्मेदवारी

काठमाडौं । नेपाली कांग्रेस नुवाकोटका प्रभावशाली नेता प्रमोद रिमालले पार्टीको बागमती प्रदेश सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् । कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत यही मङ्सिर १७ र १८ गते हेटौँडामा हुने प्रदेश अधिवेशनमा नेता रिमालले प्रदेश सदस्य पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।
नेता रिमालले प्रदेशका १३ वटै जिल्लामा कांग्रेसको सङ्गठन चुस्तदुरुस्त बनाउन र कांग्रेसलाई गुट, उपगुट त्यागेर पूर्ण लोकतान्त्रिक र विधि प्रक्रियामा चल्ने कांग्रेस बनाउन पनि आफुले प्रदेश सदस्यमा उम्मेदवारी दिएको बताएका छन् ।
सकभर सहमतिवाट नेतृत्व चुन्न र नभएपनि आन्तरिक प्रतिस्पर्धाबाट नेतृत्व चयन हुने भएकोले प्रतिनिधीहरुलाई विवेक पुरयाई मतदान गरिदिन पनि रिमालले अपिल गरेका छन् ।
कांग्रेसभित्र इमान्दार र त्यागी राजनीतिक छवि बनाएका रिमाल देश र जनताको हितमा सदैव क्रियाशिल रहँदै आएका नेतामा पर्छन् ।
इमान्दार,लगनशील र कार्यकर्ताका दुःख सुखमा सँधै काँधमा-काँध मिलाएर हिड्न सक्ने खुवी रिमालले बनाएका छन् ।
को हुन् रिमाल ?

नुवाकोटको साविक रालुकादेवी – ७ (हालको तादी गाउँपालिका ३) मा २०२० सालमा जन्मिएका प्रमोद रिमालले नेपाली कांग्रेसको सक्रिय राजनीति शुरु गरेकै चार दशक पुगिसकेको छ । तीसको दशकमै कांग्रेसको विधार्थी संगठन नेपाल विधार्थी संघबाट उनले राजनीति शुरु गरेका थिए । १५ वर्षकै उमेरमा रिमाल २०३५ सालमा नेविसंघको जिल्ला सचिव भएका थिए ।
पञ्चायती शासनकालमा बहुदलिय प्रजातन्त्रको पुर्नस्थापनाको माग गरेका राजनीतिक पार्टीलाई तत्कालिन शासकहरुले प्रतिवन्ध लगाएको थियो । पार्टी प्रतिवन्धित हुँदा रिमाल त्यसवेला पनि कांग्रेसको नुवाकोट जिल्ला सदस्यका रुपमा क्रियाशिल थिए ।
२०४२ सालमा उनी नेविसघंंको तर्फबाट ताहाचल क्याम्पस काठमाडौंमा स्ववियु सभापति समेत लडेका थिए ।
२०४६ सालको जनआन्दोलन पछाडी रिमालले नेपाल तरुण दलको दुई कार्यकालसम्म जिल्ला अध्यक्ष भएर काम गरेका थिए । त्यसपछि पञ्चायत विरोधी आन्दोलनमा सक्रियतापूर्वक लागेकै कारण त्यसवेलाको पञ्चायती शासकहरुले रिमाललाई पटक-पटक जेलनेलको सँजायाँ दिएको थियो ।
त्यसवाट पनि उनी विचलित भएनन ।
राजनीतिमा उनको लगनशीलता, निरन्तरता जारी नै रह्यो । राजनीतिलाई पेशा भन्दा पनि विशुद्द समाजसेवा बनाउँदै हिडेका रिमाल नेपाल तरुण दलमा विनोद कायस्थ अध्यक्ष हुँदा केन्द्रीय सदस्य भएका थिए । कायस्थपछि तरुण दलमा उदयशम्शेर राणा अध्यक्ष चुनिए । त्यो कार्यकालमा पनि उनी संगठनको केन्द्रीय सदस्यको जिम्मेवारीमा थिए ।
पञ्चायत विरोधी आन्दोलनमा पटक-पटक जेलनेल भोगेका रिमाल जनआन्दोलनपछि पनि निरंकुश राजाले सत्ता आफ्नो हातमा लिएपछि फेरि पक्राउ परे । निरंकुश राजाको कदमका विरुद्द भएको आन्दोलनका क्रममा पनि उनले फेरि ६ महिना जेलको कष्टकर जीवन ब्यतित गरेका थिए ।

उनीसँग माध्यामिक विधालयको हेडमास्टर भएर काम गरेको अनुभव पनि छ । कांग्रेसको राजनीतिमा झण्डै चार दशक समय गुजारेका रिमालले राजनीतिलाई आफ्नो ब्यक्तिगत अवसर र लाभको रुपमा कहिल्यै उपयोग गरेनन । सधै मूल्य, मान्यता र निष्ठाको राजनीति गर्दै आएका रिमाल एक कुशल संगठनकर्ता, पार्टीको अनुशासित कार्यकर्ता, बैचारिक नेता पनि हुन् ।
उनले महेन्द्ररत्न क्याम्पस बाट आइए र त्रिचन्द्र कलेजवाट बिए सम्मको अध्ययन गरेका छन् ।


















रातो मच्छिन्द्रनाथको रथारोहण भोलि
पोखरामा शनिबारदेखि राष्ट्रिय जुनियर टेनिस सुरु हुँदै
कनकाईबाट ५६३ ग्राम खैरो हिरोइनसहित दुई पक्राउ
श्रमिक पठाउने संस्थाहरूले अनिवार्य सम्पर्क विवरण खुलाउनुपर्ने
नगर विकास समितिका पूर्वअध्यक्ष रसायली पक्राउ
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
आजदेखि काठमाडौंमा रात्रिकालीन बससेवा सञ्चालन
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
नयाँ वर्षमा मस्त झुम्यो पोखरा
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
प्रतिक्रिया