कांग्रेसको केन्द्रीय सदस्यमा गंगा सुनारले उम्मेदवारी दिने

काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा काठमाडौंकी नेतृ गंगा सुनारले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएकी छिन् । बुढानिलकण्ठ नगरपालिका–७ की ३७ वर्षे सुनार दलित महिलातर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी दिन लागेको हुन् । काठमाडौंमा नेता प्रकाशमान सिंहसँग निकट उनी काठमाडौं क्षेत्र नं. ५ बाट दोस्रो पटक महाधिवेशन प्रतिनिधि चुनिएकी छिन् ।
‘पार्टीमा दलित महिलाहरूको प्रतिनिधित्व हुने व्यवस्था छ । मैले लामो समयदेखि दलित समुदायको हक, हित र शशक्तिकरणका लागि काम गर्दै आएकी छु । पार्टीका संगठनमा बसेर पनि काम गरिसकेकी छु,’ उनले भनिन्, ‘यो महाधिवेशनबाट पार्टीको केन्द्रीय राजनीतिमा आफूलाई उभ्याउने तयारी गरेकी छु ।’ सुनार हाल काठमाडौं दलित संघकी अध्यक्ष समेत हुन् ।
‘दलित समुदायको पेशा व्यवसायलाई आधुनिकीकरण, बैज्ञानिकीकरण र संस्थागत गर्नुपर्ने आवश्यकता छ, पछाडि पारिएको हाम्रो समुदायको आर्थिक, शैक्षिक, स्वास्थ्य र राजनीतिक चेतनाको विकास गराएर अघि बढाउनुपर्ने छ । मेरो उम्मेदवारी त्यसैका लागि हो । उनले भनिन् ।’ वि.स.२०६२ सालमा कांग्रेसको इकाइ समिति सदस्य भएर काम गरेकी सुनार दोस्रो जनआन्दोलनमा सक्रिय सहभागी थिइन् ।
उनले आफू जिल्ला अध्यक्ष हुँदा पार्टीको विधानमा दलित समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न आन्दोलित हुनेदेखि विभिन्न गतिविधि गरेको बताइन् । उनले आफू संघको जिल्ला अध्यक्ष भएपछि पटक–पटक प्रशिक्षण कार्यक्रम, दलित विद्यार्थी सम्मान तथा प्रोत्साहन लगायत कार्यक्रमहरू गरेको बताइन् ।


















विश्वकप लिग–२ सिरिजका लागि नेपाली १५ सदस्यीय टोली घोषणा, अर्जुनले पनि पाए मौका
इजरायल र लेबनानबिच युद्धविराम गर्ने सहमति, इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
सन् २०२५ मा नौ सय रोहिंग्या शरणार्थीको मृत्यु
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
आजदेखि देशभर आर्थिक गणना हुँदै
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
प्रतिक्रिया