अध्यक्षमा निर्वाचित नभए पार्टीको कुनै कमिटीमा बस्दैन : रावल

काठमाडौँ । नेकपा एमालेका निवर्तमान उपाध्यक्ष भीम रावलले आफू अध्यक्षमा निर्वाचित नभए पार्टीको कुनै पनि कमिटीमा नबस्ने घोषणा गरेका छन् ।
अध्यक्ष पदमा उम्मेदवारी दिएका रावलले आफू त्यो पदमा विजयी नभए स्वतहः पार्टी कमिटी बाहिर हुने प्रतिक्रिया दिएका हुन् । मंगलबार चितवनको सांैराहामा नेतृत्व चयनका लागि भएको निर्वाचन सकिएलगत्तै उनले सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा आफूले केन्द्रिय कमिटीको सदस्यको लागि उम्मेदवारी नदिएको दोहो¥याउँदै त्यसमा सपथ लिन नसक्ने पनि स्पष्ट पारे ।
अध्यक्षका उम्मेदवार रावलले भन, ‘मैले केन्द्रिय सदस्यमा उम्मेदवारी दिएको छैन । अध्यक्ष पदमा विजय भए सपथ लिन्छु । अरुमा त मैले भेरेकै छैन भन्ने कुरा मेरो यथावत छ । अब प्रतिनिधिहरुले मत दिएनन भने त कमिटी बाहिर बस्ने कुरा त सामान्य नै हो नि, मेरो लागि । त्यो त केही छैन ।’
रावलले पार्टीको आठौं महाधिवेशनमा पनि आफूले केन्द्रिय सदस्यमा उम्मेदवार नदिएकाले सपथ नलिएको पनि स्मरण गराए । उनले महाधिवेशनको मत परिणाम २ घण्टा भित्रै आउने आफूले अपेक्षा गरेको पनि बताए । रावलले निवर्तमान अध्यक्ष ओलीसँग अध्यक्ष पदमा उम्मेदवारी दिएका हुन् ।


















ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
नेपाल अमेरिकासँग पराजित
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
३३ अंकले घट्यो सेयर बजार
शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब
प्रतिक्रिया