डडेलधुरामा पुनः अधिवेशनको माग गर्दै सानेपामा बसेका नेता कार्यकर्ताको अनशन स्थगित

काठमाडौं । डडेलधुरामा पुनः अधिवेशनको माग गर्दै पार्टी केन्द्रीय कार्यालयमा अनशन बसेका जिल्ला सभापति कर्ण मल्लसहितका नेता कार्यकर्ताले अनशन तोडेका छन् । मंगलबार उपसभापति विमलेन्द्र निधिको उपस्थितिमा उनीहरुले रिले अनशन तोडेका हुन् ।
आफूहरुको माग अब फरक रुपले अघि बढाउने भन्दै अनशनको कार्यक्रम स्थगित गरेको डडेल्धुरा जिल्लाका पुर्वसभापति कर्ण मल्लले जानकारी दिए ।
जिल्लाबाट पठाएका क्रियाशील सदस्यको नाम हटाएर र केन्द्रबाट आफुखुशी नाम थपेर वडा अधिवेशन गर्न लागिएको भन्दै कांग्रेसको जिल्ला समितिले भदौ २२ गतेको वडा अधिवेशन स्थगित गरेको थियो ।
तर जिल्ला निर्वाचन अधिकृत लोकेन्द्रबहादुर बमले अधिवेशन अघि बढाएका थिए । हाल डडेल्धुरामा स्थानीय तहको र जिल्ला अधिवेशनसमेत सम्पन्न भइसकेको छ ।
सोमबार कांग्रेसको केन्द्रीय निर्वाचन समितिले डडेल्धुराको जिल्ला अधिवेशनलाई मान्यता दिने निर्णय गरेको थियो ।
उपसभापति विमलेन्द्र निधिले डडेल्धुराको नेता कार्यकर्ताको मागप्रति आफ्नो ऐक्यवद्धता रहेको बताए ।
यसअघि पनि आफूले डडेल्धुरामा पुनः अधिवेशन गर्न पटक पटक सभापति शेरबहादुर देउवासँग आग्रह गरेको निधिले बताए ।


















PM Shah expresses gratitude to mothers on Matatirtha Aunsi
अस्पतालको बेडमा ओली–प्रचण्ड वार्ता
सुनचाँदीको मूल्यमा सामान्य गिरावट
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
परराष्ट्र मन्त्रीद्वारा पश्चिम एशिया र अफ्रिकास्थित नेपाली कूटनीतिक नियोगका प्रमुखहरुसँग ‘भर्चुअल’ छलफल
इरानको ‘आणविक’ विषयमा अमेरिका केन्द्रीत हुँदा इजरायलको चिन्ता ‘ब्यालिस्टिक क्षेप्यास्त्र’
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
अमेरिका–इरान वार्तामा गति, पाकिस्तानको नयाँ प्रस्ताव
आजदेखि काठमाडौंमा रात्रिकालीन बससेवा सञ्चालन
जबर्जस्ती करणीका फरार अभियुक्त १८ वर्षपछि पक्राउ
प्रतिक्रिया