कर्णाली प्रदेशमा माओवादीका विष्ट मन्त्री, मुख्यमन्त्री शाहीले भोलि विश्वासको मत लिँदै

सुर्खेत । कर्णाली प्रदेशमा नेकपा माओवादी केन्द्रबाट बिन्दमान विष्ट मन्त्री बन्ने भएका छन् । कर्णाली प्रदेशको कांग्रेस नेतृत्वको सरकारमा विष्ट पहिलो पटक मन्त्री बन्ने भएका हुन् । उनले मंगलबार बेलुका नै सपथ लिने कार्यक्रम छ ।
विष्टलाई आर्थिक मामिला तथा योजना र भौतिक मन्त्रालयमध्ये कुन मन्त्रालय दिने अझै टुंगो लागेको छैन । यसअघि महेन्द्रबहादुर शाही नेतृत्वको सरकारमा हुँदा विष्टलाई मन्त्री नियुक्त गरेर पनि शपथ ग्रहण गर्ने समयमा माओवादी केन्द्रले फिर्ता बोलाएको थियो ।
यसैबीच, कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले बुधबार विश्वासको मत लिने भएका छन् । उनले मंगलबार नै प्रदेशसभा बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका छन् ।
प्रदेशसभा सचिवालयकाअनुसार, मंगलबार प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) बैठकमा उपस्थित हुन नसकेपछि विश्वासको मत लिने कार्यक्रम बुधबारका लागि सारिएको हो ।
प्रतिपक्षको सहभागितासहित विश्वासको मत लिने भनेर बुधबारका लागि कार्यतालिका राखिएको काँग्रेस संसदीय दलका प्रमुख सचेतक हिमबहादुर शाहीले बताए ।
मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिनेबारेमा मंगलबार नै गठबन्धन दलहरुबीच छलफल भएको थियो ।
मुख्यमन्त्री शाहीले माओवादी केन्द्र संसदीय दलका नेता महेन्द्रबहादुर शाही र एकीकृत समाजवादीका कर्णाली प्रदेश इन्चार्ज प्रकाश ज्वालासँग छलफल गरेका हुन् । मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिएर मात्र सरकारलाई पूर्णता दिने भएका छन् ।










सरकारसँग वार्ता गर्न राष्ट्रियता बचाउ अभियानद्वारा तीन सदस्यीय टोली गठन
डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो
उपराष्ट्रपति यादव कतारको राष्ट्रिय दिवस स्वागत समारोहमा सहभागी
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
कतार पठाउन लागेका दुई हात्तीको बिदाइ
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
आज मंसिर २७ गते शनिवारको राशिफल, तपाइकाे दिन शुभ रहाेस्
उपाधि भिडन्तमा सुदूरपश्चिम ८५ रनमै अलआउट, लुम्बिनीका कप्तान रोहितको ह्याट्रिक
आज उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै, कसले जित्ला एनपीएल ?
यु–१९ एसिया कप : नेपालले पहिलो खेलमा श्रीलङ्कासँग खेल्दै
प्रतिक्रिया