एमालेको १७ बुँदे सौराहा घोषणापत्र जारी

चितवन । चितवनको सौराहामा शुक्रबारदेखि शुरु भएको नेकपा एमालेको १०औं महाधिवेशन १७ बुँदे घोषणापत्र जारी गर्दै मंगलबार सम्पन्न भएको छ ।
नवनिर्वाचित उपमहासचिव प्रदीप ज्ञवालीले घोषणापत्र समितिका तर्फवाट तयार भएको घोषणापत्र बाचन गरेर सुनाएका थिए । सो प्रस्तावलाई महाधिवेशन हलले ध्वनि मतले पारित गरेको छ ।
मंसिर १० गते शुक्रबार महाधिवेशनको उदघाटन भएको थियो । एमालेमा सर्वसम्मत नेतृत्व चयन गर्ने भन्दै अधिवेशन दुई दिन लम्बाइएको थियो ।
सर्वसम्मत नेतृत्व चयन गर्ने ओलीको हठका कारण लम्बिएको अधिवेशनमा नेतृत्वका प्रत्यासी भीम रावलले सहमति नगरेपछि मंगलबार विहान मतदान भएको थियो ।
घोषणापत्रमा जनादेशसहित पुनः सत्तामा स्थापित हुने उल्लेख छ । न्याय पाउने हकको सम्मान गर्न आह्वान गरिएको घोषणापत्रमा दक्षिणपन्थी अवसरवाद मुख्य चुनौती रहेको उल्लेख छ । एमालेले आफ्नो सौराहा घोषणापत्रमा दक्षिणपन्थी अवसरवादलाई परास्त गर्ने प्रतिवद्धता जनाइएको छ ।
साथै सोही घोषणापत्रमार्फत राजनीतिक स्थायित्वका लागि पुनः एमालेलाई एकतावद्ध हुन आह्वान गरेको छ ।
निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मत परिणाम अनुसार १८ सय ३७ मत ल्याएर एमाले अध्यक्षमा केपी ओली पुनः निर्वाचित भएका छन् ।
ओलीले प्रस्ताव गरेको नाममा असहमति जनाउँदै उम्मेदवारी दिएका अध्यक्षमा भीम रावल, उपाध्यक्षमा घनश्याम भुसाल, सचिवमा भीम आर्चा र टंक कार्की पराजित भएका छन् ।
महाधिवेशनले ओलीको अध्यक्षतामा ३०१ सदस्यीय केन्द्रीय कमिटी चयन गरेको छ । जसमा पदाधिकारी १९ जना रहेका छन् ।










राष्ट्रिय महिला क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा पाठक नियुक्त
एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
आजदेखि बाघ गणना हुँदै
रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
उपाधि भिडन्तमा सुदूरपश्चिम ८५ रनमै अलआउट, लुम्बिनीका कप्तान रोहितको ह्याट्रिक
एनपीएल फाइनल : लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै सुदूरपश्चिम
एनपीएल २ मा यी तीन खेलाडीले जिते बाइक
एसीसी यु–१९ एसिया कपः नेपाल श्रीलंकासँग पराजित
प्रतिक्रिया