एमालेको १७ बुँदे सौराहा घोषणापत्र जारी

चितवन । चितवनको सौराहामा शुक्रबारदेखि शुरु भएको नेकपा एमालेको १०औं महाधिवेशन १७ बुँदे घोषणापत्र जारी गर्दै मंगलबार सम्पन्न भएको छ ।
नवनिर्वाचित उपमहासचिव प्रदीप ज्ञवालीले घोषणापत्र समितिका तर्फवाट तयार भएको घोषणापत्र बाचन गरेर सुनाएका थिए । सो प्रस्तावलाई महाधिवेशन हलले ध्वनि मतले पारित गरेको छ ।
मंसिर १० गते शुक्रबार महाधिवेशनको उदघाटन भएको थियो । एमालेमा सर्वसम्मत नेतृत्व चयन गर्ने भन्दै अधिवेशन दुई दिन लम्बाइएको थियो ।
सर्वसम्मत नेतृत्व चयन गर्ने ओलीको हठका कारण लम्बिएको अधिवेशनमा नेतृत्वका प्रत्यासी भीम रावलले सहमति नगरेपछि मंगलबार विहान मतदान भएको थियो ।
घोषणापत्रमा जनादेशसहित पुनः सत्तामा स्थापित हुने उल्लेख छ । न्याय पाउने हकको सम्मान गर्न आह्वान गरिएको घोषणापत्रमा दक्षिणपन्थी अवसरवाद मुख्य चुनौती रहेको उल्लेख छ । एमालेले आफ्नो सौराहा घोषणापत्रमा दक्षिणपन्थी अवसरवादलाई परास्त गर्ने प्रतिवद्धता जनाइएको छ ।
साथै सोही घोषणापत्रमार्फत राजनीतिक स्थायित्वका लागि पुनः एमालेलाई एकतावद्ध हुन आह्वान गरेको छ ।
निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मत परिणाम अनुसार १८ सय ३७ मत ल्याएर एमाले अध्यक्षमा केपी ओली पुनः निर्वाचित भएका छन् ।
ओलीले प्रस्ताव गरेको नाममा असहमति जनाउँदै उम्मेदवारी दिएका अध्यक्षमा भीम रावल, उपाध्यक्षमा घनश्याम भुसाल, सचिवमा भीम आर्चा र टंक कार्की पराजित भएका छन् ।
महाधिवेशनले ओलीको अध्यक्षतामा ३०१ सदस्यीय केन्द्रीय कमिटी चयन गरेको छ । जसमा पदाधिकारी १९ जना रहेका छन् ।


















PM Shah expresses gratitude to mothers on Matatirtha Aunsi
अस्पतालको बेडमा ओली–प्रचण्ड वार्ता
सुनचाँदीको मूल्यमा सामान्य गिरावट
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
परराष्ट्र मन्त्रीद्वारा पश्चिम एशिया र अफ्रिकास्थित नेपाली कूटनीतिक नियोगका प्रमुखहरुसँग ‘भर्चुअल’ छलफल
इरानको ‘आणविक’ विषयमा अमेरिका केन्द्रीत हुँदा इजरायलको चिन्ता ‘ब्यालिस्टिक क्षेप्यास्त्र’
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
अमेरिका–इरान वार्तामा गति, पाकिस्तानको नयाँ प्रस्ताव
आजदेखि काठमाडौंमा रात्रिकालीन बससेवा सञ्चालन
जबर्जस्ती करणीका फरार अभियुक्त १८ वर्षपछि पक्राउ
प्रतिक्रिया