बुधबार, पुष २, २०८२

भीम रावलद्वारा केन्द्रीय सदस्य अस्वीकार, भुसालले सपथ लिए

मेरोन्यूज २०७८ मंसिर १४ गते २१:०३

काठमाडौं । नेकपा एमालेको चितवनका सम्पन्न दशौं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा पराजित डा. भीम रावलले केन्द्रीय सदस्य पद अस्वीकार गरेका छन् ।

नव निर्वाचित अध्यक्ष केपी ओलीले घोषणा गरेको ३०१ सदस्य केन्द्रीय कमिटीमा परे पनि रावलले केन्द्रीय सदस्य पद अस्वीकार गर्दै सपथ बहिष्कार गरेका छन् ।

अध्यक्षका प्रत्यासी रावलले केन्द्रीय सदस्य पद अस्वीकार गरे पनि उनकै पक्षधर मानिएका उपाध्यक्ष पदमा पराजित नेता घनश्याम भुसालले भने केन्द्रीय सदस्य पदमा सपथ लिएका छन् ।

अध्यक्ष ओलीले सपथ लिएपछि ओलीले केन्द्रीय सदस्यहरुलाई सपथ दिलाएका थिए । भुसालले पनि ओलीसँगै सपथ लिएका छन् ।

दशौं महाधिवेशनस्थल चितवनको सौराहामा पार्टीको केन्द्रीय निर्वाचन आयोगका प्रमुख डा. विजय सुब्बाले ओलीलाई अध्यक्ष पदमा शपथ गराएका थिए ।

प्रतिक्रिया