आजदेखि राप्रपाको महाधिवेशन, अध्यक्षमा थापा र लिङ्देन भिड्ने

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशन सुरु हुँदैछ । राप्रपाको आजदेखि काठमाडौंमा एमकताको महाधिवेशन हुन लागेको हो । कमल थापा, पशुपति शम्शेर जबरा र डाक्टर प्रकाशचन्द्र लोहनी नेतृत्वका तीन राप्रपाको एकता पछि पार्टीको पहिलो महाधिवेशन हुँदैछ ।
१७ गतेसम्म चल्ने महाधिवेशनबाट झण्डै चार हजार प्रतिनिधिहरूले राप्रपाको नयाँ नेतृत्व चयन गर्ने छन् । महाधिवेशनबाट राप्रपाको १४७ सदस्यीय कार्य समिति चयन हुनेछ । अध्यक्षमा वर्तमान अध्यक्ष कमल थापा र महामन्त्री राजेन्द्र लिङ्देनले दाबी गरेका छन् ।
लिङ्देनलाई लोहनीले पनि समर्थन गर्ने घोषणा गरेका छन् । यस्तै लिङ्देनलाई डा। धवलशमशेर राणापनि साथ दिने बताएका छन् । अर्का अध्यक्ष राणाले आफू तटस्थ बस्ने घोषणा गरेका छन् । अध्यक्ष थापालाई नेताहरू दीपक बोहोरा लगाएतको साथ रहेको छ । राप्रपा महाधिवेशनमा नेतृत्व परिवर्तनको आवाज उठेको छ ।


















विश्वकप लिग–२ सिरिजका लागि नेपाली १५ सदस्यीय टोली घोषणा, अर्जुनले पनि पाए मौका
इजरायल र लेबनानबिच युद्धविराम गर्ने सहमति, इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
सन् २०२५ मा नौ सय रोहिंग्या शरणार्थीको मृत्यु
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
आजदेखि देशभर आर्थिक गणना हुँदै
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
दुई दिनभित्र इरानसँग फेरी वार्ता हुने ट्रम्पको संकेत
प्रतिक्रिया