कांग्रेस केन्द्रीय सदस्यमा प्रकाश रसाइली (स्नेही)ले गरे उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको सन्निकट रहेको १४ औं महाधिवेशनमा बझाङका प्रकाश रसाइली (स्नेही)ले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर उनले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
उनले संस्थापन ईतर समुहबाट दलित समाबेशी कोटाबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिने बताए । पार्टीको नेतृत्वमा कसरी पुग्ने र आफ्नालाई चुनाबमा टिकट कसरी बाढ्ने भन्ने गरी कांग्रेस महाधिवेशन हुन नहुने उनको भनाइ छ । ‘कांग्रेसमा गुट उपगुट मात्र छ कसरी पार्टी कब्जा गर्ने भन्ने मात्र देखिएको छ। कांग्रेसको ७० वर्षमा इतिहास हेर्दा ७ वटा संविधान बनेका छन् तर किन स्थायित्व दिन सकेन ?’ पत्रकार सम्मेलनमा उनले भने, –‘कांग्रेसले पार्टीको विधान र संविधानमा निश्चित समय आरक्षण गरे पनि तर निरन्तर लामो समय राख्नु हुदैन ।’
कस्तो, किन कांग्रेस बन्ने विषयमा महाधिवेशनका वेला बहस हुन जरुरी रहेको उनले बताए । विपिको कार्यसमितिले सबैले समेटेको भन्द्यै उनले अहिले पनि सवैलाई समेटने र सवै अट्ने कांग्रेस बनाउन लडाई गर्नु परेको उनको भनाइ छ। उनका अनुसार एक व्यक्ति, एक आरक्षण, एक पद कांग्रेसले नीति बनाउनु पर्ने बताए । यो अभियान उनले १३ औं महाधिवेशन यता अभियानकै रुपमा चलाएका थिए ।
उनी १२ र १३ औं महाधिवेशनमा महासमिति सदस्य भएका थिए । उनी कांग्रेसको समानुपातिक सांसद समेत हुन् ।









पोखरा फुटबल रङ्गशालामा फ्लड लाइट जडान कार्य अघि बढाउछौँः मन्त्री घिसिङ
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
नागरिकलाई अधिकार दिँदा सरकार कमजोर हुँदैन : अर्थमन्त्री खनाल
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
एनपिएलकाे अन्तिम खेल शनिबार: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने
एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
आज उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै, कसले जित्ला एनपीएल ?
झापाबाट महामन्त्री विश्वप्रकाशसहित ६६ जनाको नाम सिफारिस
प्रतिक्रिया