शुक्रबार, वैशाख ४, २०८३

संस्थापन इतर समुहले प्रदेश सभापति छान्न दियो यी नेतालाई जिम्मेवारी

मेरोन्यूज २०७८ मंसिर १५ गते १४:२३

काठमाडौं । नेपाली कांग्रेस संस्थापन ईतर (रामचन्द्र पौडेल ) पक्षले प्रदेश अधिवेशनका सभापतिको उम्मेदवार उम्मेदवार टुंग्याउने जिम्मा नेताहरूलाई दिएको छ ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

महाराजगञ्जस्थित महामन्त्री डा शशांक कोइरालाको निवासमा आज बसेको बैठकले सातमध्ये ६ प्रदेशको कार्यसमितिको पदाधिकारीका टुंगो लगाउने जिम्मा प्रदेशगत रुपमा नेताहरूलाई जिम्मेवारी दिएको हो ।

स्रोतका अनुसार प्रदेश १ – डा शेखर कोइराला र डा. मीनेन्द्र रिजाल,वाग्मती – प्रकाशमान सिंह,गण्डकी – रामचन्द्र पौडेल र डा शशांक कोइराला,लुम्बिनी – चन्द्र भण्डारी, दीपक गिरी,कर्णाली – हृदयराम थानी र सुदूपश्चिम – दिलेन्द्रप्रसाद बडूले भोलिसम्म सभापतिसहितका पदाधिकारीको टुंगो लगाउँने छन् ।

प्रदेश २ मा वडा र नगर अधिवेशन जारी भएको हुदाँ संस्थापन इतरले समूहले पनि उम्मेदवार टुंगो लगाउन सकेको छैन ।

प्रतिक्रिया