परिवर्तनको गतिलाई रोक्ने काम नगर्न राप्रपालाई आग्रह

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई परिवर्तनको गतिलाई रोक्ने र पछाडि धकेल्ने काम नगर्न आग्रह गरेका छन् ।
बुधबारबाट काठमाडौंमा सुरु भएको राप्रपाको एकता महाधिवेशनमा बोल्दै नेपालले राप्रपाले उठाएको राष्ट्रियताको झण्डालाई उठाई राख्न र नेपाली जनताको भावना बमोजिम परिवर्तनको संवाहक शक्तिको रुपमा अघि बढ्न पनि सुझाव दिए ।
नेपालमा जातीय सदभाव र राष्ट्रिय एकताको भावना रहेको औंल्याउँदै सोही अनुसार अघि बढेर मुलुकलाई प्रतिगमनतर्फ जान नदिन सबै राजनीतिक दलहरु एकतावद्ध भएर अघि बढनुपर्ने उनको भनाई छ ।
एकीकृत समाजवादीका अध्यक्ष नेपालले इतिहास पछाडि नजाने भन्दै अग्रगमनको बाटोबाट अघि बढ्न पनि राप्रपा नेतृत्वलाई सचेत गराए ।
‘परिवर्तनको गतिलाई रोक्ने र पछाडि धकेल्ने काममा हामी नलागौं । अगाढि बढिसक्यो इतिहास । इतिहास पछाडि जाँदैन अव । तर हाम्रो देशको आफ्नै विशेषता छ । हामीले हाम्रो देशको आफ्नो विशेषतालाई विर्सियौ भने प्रत्येक व्यक्तिको आफ्नो विशेषता हुन्छ । प्रत्येक देशको आफ्नो विशेषता हुन्छ । यो विशेषतालाई बिर्सियौं भने र अरुको नक्कल गर्न थाल्यो भने यसले पनि बिग्रिन्छ ।’– नेपालले भने ।
अध्यक्ष नेपालले वैदेशिक हस्तक्षेपबाट मुलुकलाई जोगाउन नेपालका राजनीतिक दलहरु अहिले पनि सचेत भएर अघि बढनुपर्ने आवश्यक्ता औंल्याए ।


















फिलिपिन्समा गोली हानाहान, १० जनाको मृत्यु
‘जेनजी’ आन्दोलनमा रौतहट कारागारबाट भागेका कैदी पोखरामा पक्राउ
बागमती प्रदेशसभाको बैठक आह्वान
बागमती प्रदेश सरकारको ९ महिनाको खर्च २३ प्रतिशत
सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ जनाको उपचार
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
आजदेखि काठमाडौंमा रात्रिकालीन बससेवा सञ्चालन
जबर्जस्ती करणीका फरार अभियुक्त १८ वर्षपछि पक्राउ
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
प्रतिक्रिया