विप्लव नेकपा विभाजित, असन्तुष्ट समूहद्वारा नेकपा (क्रान्तिकारी) गठन

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी विभाजित भएको छ । नेकपा विप्लवबाट असन्तुष्ट समूहले नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी) घोषणा गरेका छन् ।
गत कात्तिक २६ र २७ गते रौतहटमा भेला गरी नेकपा क्रान्तिकारी गठन गरिएको सो समूहका प्रचार विभाग प्रमुख अमर गोपालीले बताए ।
भेलाले नेकपा (क्रान्तिकारी) पार्टी गठन गर्दै उत्पादनसहितको शसस्त्र जनविद्रोहको कार्यदिशा पास गरेको बुधबार रिपोटर्स क्लवमा आयोजित पत्रकार सम्मेलनमा गोपालीले बताए ।
नेपाली क्रान्तिको रक्षा गर्दै श्रमजीवी वर्गको मुक्तिका लागि गठन भएको विप्लव नेतृत्वको नेकपाले अवस्तुवादी, अवैज्ञानिक बाटोमा लागेर जनमुक्ति सेना, जनसत्ता, जनअदालत विघटन गरेर दिशाहिन काल्पनिक बाटोमा लागेको गोपालीले आरोप लगाए ।
‘भ्रष्ट दलाल व्यवस्थाले गर्ने जनमत संग्रह नामको चुनावमार्फत बैज्ञानिक समाजवाद ल्याउने अवस्तुवादी, अवैज्ञानिक बाटोमा लागेर जनमुक्ति सेना, जनसत्ता, जनअदालत विघटन गरेर दिशाहिन काल्पनिक बाटोमा लागेर पुर्णत असफल भैसकेको छ ।’– गोपालीले भने ।
नेपालमा अझै क्रान्ति बाँकी रहेकोले जनवादी क्रान्तिको कार्यभार पूरा गर्दै उत्पादनसहितको ‘सशस्त्र जनविद्रोह’ मार्फत पुनः क्रान्तिकारीहरुबीच एकता र ध्रुवीकरण प्रक्रियाबाट समाजवादी राज्य स्थापना गर्नु पार्टीको कार्ययोजना रहेको केन्द्रीय सदस्य गोपालीले स्पष्ट पारे ।
वैज्ञानिक समाजवाद कुनै पनि हालतमा जनमतसंग्रहबाट आउने नसक्ने भन्दै वैज्ञानिक समाजवादको सिद्धान्त आफैले उत्पन्न गर्न पर्ने उनले धारणा राखे । उनले पार्टीले दिएको जिम्मेवारी पुरा गर्न आएको भन्दै उनले पार्टीको ३ पेज लामो अवधारणा पत्र पढेर सुनाएका थिए ।
नवगठित पार्टीको कार्यसमितिमा महासचिव सक्षम, प्रवक्ता सम्भवलाई चयन गरिएको जनाइएको छ ।
त्यस्तै, उक्त पार्टीमा ८१ जनाको केन्द्रीय समिति, १५ जनाको पोलिटब्युरो र ७ जनाको स्थायी कमिटि सचिवालय गठन गरिएको गोपालीले जानकारी दिए ।


















इजरायल र लेबनानबिच युद्धविराम गर्ने सहमति, इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
सन् २०२५ मा नौ सय रोहिंग्या शरणार्थीको मृत्यु
प्रधानमन्त्री कप क्रिकेटको उपाधि त्रिभुवन आर्मी क्लबलाई
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
नयाँ वर्षमा मस्त झुम्यो पोखरा
आजदेखि देशभर आर्थिक गणना हुँदै
संसदीय समितिका सभापतिको निर्वाचन शुक्रबार
प्रतिक्रिया