कृषि उत्पादनबाट मुलुकलाई आत्मनिर्भर बनाउने संकल्प

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री महिन्द्र राय यादवले कृषि क्षेत्रको उत्पादनबाट मुलुकलाई आत्मनिर्भर बनाउने संकल्प पूरा गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् ।
मन्त्री यादवले मुलुकको समृद्धिका लागि योगदान पु¥याउने गरी कृषि क्षेत्रको उत्पादन वृद्धि गर्न सरकार लागि परेको दावी समेत गरे ।
कृषि पत्रकार महासंघ नेपालले बुधबार ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले मुलुकलाई कृषि क्षेत्रको उत्पादनमा बढावा गरी मुलुकलाई समृद्ध बनाउने अभियानमा योगदान पु¥याउन सम्बन्धित सबै पक्षलाई सहयोग गर्न पनि आग्रह गरे ।
मन्त्री यादवले कृषिमा उत्पादन बढाउनका लागि सरकारले सबै प्रदेशमा माटो परीक्षणको लागि आवश्यक व्यवस्था मिलाउने कामलाई अघि बढाएको पनि स्मरण गराए ।
उनले कृषि उत्पादन बढाउनका लागि सरकारले प्राङगारिक मलको उत्पादन बढाउन चाहेको पनि स्पष्ट पारे ।
मन्त्री यादवले कृषि क्षेत्रनै मुलुकको समृद्धिको आधार भएको भन्दै यसको विकासका लागि युवाहरुलाई आकर्षित गर्न सरकार विभिन्न कार्यक्रम अगाडि बढाउन लागि परेको बताए । उनले नेपालमा नयाँ विऊविजनको आवश्यक व्यवस्था मिलाउने अवस्था अझै बनिनसकेको स्विकार गरे ।










जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
एमबाप्पेको कीर्तिमानी रोनाल्डोको बराबरी, सेभिल्लाविरुद्ध रियल १–० ले विजयी
विराटनगरस्थित नोबेल मेडिकल कलेजको भवनबाट खसेका इन्टर्न डाक्टरको मृत्यु
आज तराईमा हुस्सु-कुहिरो बढ्ने : मौसम महाशाखाले जारी गर्यो चेतावनी
आज दुई संसदीय समितिको संयुक्त बैठक बस्दै
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
प्रतिक्रिया