कृषि उत्पादनबाट मुलुकलाई आत्मनिर्भर बनाउने संकल्प

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री महिन्द्र राय यादवले कृषि क्षेत्रको उत्पादनबाट मुलुकलाई आत्मनिर्भर बनाउने संकल्प पूरा गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् ।
मन्त्री यादवले मुलुकको समृद्धिका लागि योगदान पु¥याउने गरी कृषि क्षेत्रको उत्पादन वृद्धि गर्न सरकार लागि परेको दावी समेत गरे ।
कृषि पत्रकार महासंघ नेपालले बुधबार ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले मुलुकलाई कृषि क्षेत्रको उत्पादनमा बढावा गरी मुलुकलाई समृद्ध बनाउने अभियानमा योगदान पु¥याउन सम्बन्धित सबै पक्षलाई सहयोग गर्न पनि आग्रह गरे ।
मन्त्री यादवले कृषिमा उत्पादन बढाउनका लागि सरकारले सबै प्रदेशमा माटो परीक्षणको लागि आवश्यक व्यवस्था मिलाउने कामलाई अघि बढाएको पनि स्मरण गराए ।
उनले कृषि उत्पादन बढाउनका लागि सरकारले प्राङगारिक मलको उत्पादन बढाउन चाहेको पनि स्पष्ट पारे ।
मन्त्री यादवले कृषि क्षेत्रनै मुलुकको समृद्धिको आधार भएको भन्दै यसको विकासका लागि युवाहरुलाई आकर्षित गर्न सरकार विभिन्न कार्यक्रम अगाडि बढाउन लागि परेको बताए । उनले नेपालमा नयाँ विऊविजनको आवश्यक व्यवस्था मिलाउने अवस्था अझै बनिनसकेको स्विकार गरे ।


















सन् २०२५ मा नौ सय रोहिंग्या शरणार्थीको मृत्यु
प्रधानमन्त्री कप क्रिकेटको उपाधि त्रिभुवन आर्मी क्लबलाई
रातो मच्छिन्द्रनाथको रथारोहण भोलि
पोखरामा शनिबारदेखि राष्ट्रिय जुनियर टेनिस सुरु हुँदै
कनकाईबाट ५६३ ग्राम खैरो हिरोइनसहित दुई पक्राउ
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
टर्कीमा विद्यार्थीले अन्धाधुन्ध गोली चलाउँदा १६ घाइते
‘भेहिकल फ्री असन’ वैशाख ५ गतेदेखि सुरु हुने
प्रतिक्रिया