बुधबार, वैशाख २३, २०८३

अत्याधुनिक प्रविधियुक्त शीतगृह निर्माण शुरु

मेरोन्यूज २०७८ मंसिर १६ गते ७:१७

काठमाडौँ । बाँकेको डुडुवा गाउँपालिकाले यहाँ उत्पादित तरकारी तथा फलफूललाई राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउन र त्यसको दिगो व्यवस्थापनका लागि शीतगृह निर्माण गर्ने भएको छ ।

Advertisement
NiccNicc

गाउँपालिकाको सबैभन्दा ठूलो दोस्रो योजनाको रुपमा रहेको शीतगृहको निर्माण डुडुवा–६ हिरिमिनियामा सुरु भएको हो । सात सय मेट्रिक टन क्षमताको अत्याधुनिक उक्त शीतगृह भवनको बुधबार एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले पूजापाठ गरी शिलान्यास गरे ।

करिब १३ कट्ठा जग्गामा छ करोड सात लाख ५४ हजारको लागतमा निमार्ण हुने शीतगृह अत्याधुनिक प्रविधिको हुनेछ । “हामीले सात सय मेट्रिक टन क्षमताको शीतभण्डारण निर्माण कार्य शुरु गरिसकेका छौँ”, गाउँपालिकाका अध्यक्ष चौधरीले भने, “आलुको पकेट क्षेत्र मानिएको हिरिमिनियाका किसानले उत्पादन गरेको तरकारी तथा फलफूल भण्डारणमा यसले सहयोग पुर्‍याउँछ ।” उनले आलुलगायतका तरकारी र फलफूल भण्डारण गर्नका लागि डुडुवाका किसानलाई विशेष फाइदा भएपछि कृषि उत्पादनमा वृद्धि तथा बजारीकरणको सम्भावना अझै बढने बताए ।

शीतगृहसँगै, प्रशासनिक कार्यालय भवन, गेष्ट हाउस, शौचालय, पर्खाललगायतका संरचनासमेत निर्माण गरिने गाउँपालिकाका इन्जिनियर प्रकाश शाहीले बताए । शीतगृहको निमार्णपछि डुडुवा गाउँपालिका तथा आसपासका पालिकाका किसान लाभान्वित हुने छ ।

प्रतिक्रिया