मंगलबार, पुष १, २०८२

प्रधानन्यायाधीशले जिम्मेवारी नदिँदा सर्वोच्चमा इजलास रोकियो

मेरोन्यूज २०७८ मंसिर १६ गते १३:२७

काठमाडौँ । सर्वोच्च अदालतमा गोला प्रथाद्वारा पेशी तोक्ने विधि कार्यन्वयन भएसँगै मुद्दाको सुनुवाइ नियमित हुने अपेक्षाका बीच पुनः न्यायिक नेतृत्वविहीन हुँदा समस्या उत्पन्न भएको छ । गत सोमबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा कोरोना भाइरस (कोभिड–१९)बाट संक्रमित भई सशस्त्र प्रहरी बलको बलम्बु अस्पतालमा भर्ना हुँदा अदालतमा जानकारी नगराउँदा इजलास गठन प्रभावित बन्न पुगेको हो ।

कोरोना संक्रमण भई अस्पताल भर्ना भएका प्रधानन्यायाधीश जबराले मंगलबारसम्म आफैले इजलास आफैले तोक्दै आएका थिए । बुधबार सर्वोच्च अदालतमा गोला प्रथाबाट पेशी तोकिए पनि कानुन व्यवसायीले प्रधानन्यायाधीको जिम्मेवारी कस्लाई दिएको भन्दै प्रश्न गरेपछि पुनः समस्या देखा परेको हो ।

बुधबार इजलास गठन भएसँगै बारका पदाधिकारीले प्रश्न गरेपछि इजलास सुनुवाई हुन सकेन । बिहीबार कानून व्यवसायीसँगको छलफलका कारण सर्वोच्च अदालतमा मध्यान्हसम्म पेशीको सूची प्रकाशित भएको छैन ।

बिहीबार १ बजेसम्म कुनै पेशी सूची प्रकाशित हुन सकेको छैन ।

प्रतिक्रिया