नेपालमा कोरोनाविरुद्ध करिब दुई लाख डोज मोर्डना खोप आउँदै
मेरोन्यूज
२०७८ मंसिर १६ गते १३:४३

काठमाडौँ । नेपालमा सरकारले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको एक लाख ८८ हजार डोज मोर्डना खोप ल्याउने भएको छ । कोभ्याक्स सुविधा अन्तरगर्त (भोलि) शुक्रबार कोभिडविरुद्धको मोर्डना खोप ल्याउने भएको हो ।
स्वास्थ्य सेवा विभागअन्तर्गतको खोप शाखा प्रमुख सागर दाहालले भने, ‘कोभिड–१९ विरुद्धको एक लाख ८८ हजार डोज मोर्डना खोप ल्याइने भएको छ ।’ अन्तर्राष्ट्रिय अभ्यासानुसार यो खोप १२ देखि १८ वर्षका किशोरकिशोरीलाई प्रभावकारी देखिएको छ । नेपालमा कुन उमेर समूहकालाई दिने भनेर अहिलेसम्म निर्णय भइनसकेको समेत उनले जानकारी दिए ।
यो खोप माइनस १५ देखि २५ डिग्री सेल्सियस तापक्रममा भण्डारण गर्नु पर्ने हुन्छ । अमेरिकी अर्को खोप फाइजर आउँदा सो खोप १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई दिइएको थियो ।
सम्बन्धित
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश
प्रतिक्रिया