सोमबार, मंसिर २९, २०८२

प्रदेश अधिवेशन : गण्डकी सभापतिका उम्मेदवारले ९१ हजार तिर्नुपर्ने

निर्वाचन निर्देशिकाभन्दा पाँच गुणा बढी शुल्क

मेरोन्यूज २०७८ मंसिर १६ गते १५:३७

काठमाडौँ । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्र्तगतको प्रदेश अधिवेशन आजबाट सुरु भएको छ । गण्डकी प्रदेशमा प्रदेश सभापतिको उम्मेदवारीकै लागि मनोनय दस्तुर ९१ हजार रुपैयाँ लाग्ने भएको छ । गण्डकी हालै जारी गरेको सूचनामा उपसभापतिका लागि ६१ हजार, महामन्त्रीका लागि ५१ हजार र सहमहामन्त्रीका लागि ४१ हजार रुपैयाँ उम्मेदवारी दस्तुर तोकिएको छ । प्रदेश कार्यसमिति सदस्यका लागि मात्रै ३१ हजार रुपैयाँ उम्मेदवारी दर्ता शुल्क तोकिएको छ ।

पार्टीको केन्द्रीय सभापतिभन्दा तीन गुणा बढी गण्डकी प्रदेशका सभापतिले शुल्क तिर्न बाध्य भएका छन् । पार्टीको केन्द्रिय सभापति उम्मेदवार बन्न ३० हजार रुपैयाँ मनोनयन दर्ता शुल्क केन्द्रीय निर्वाचन समितिले तोकेको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिले प्रदेश सभापति पदका लागि १५ हजार तोकेको छ । योभन्दा ५ गुणा बढी गण्डकी प्रदेश सभापतिले उम्मेदवार मनोनय शुल्क तिर्नुपर्ने देखिएको छ ।

यसैगरी, प्रदेश उपसभापति, महामन्त्री र सहमहामन्त्री उम्मेदवारले ११ हजार र सदस्यका लागि पाँच हजार शुल्क तिर्नु पर्छ । प्रदेश महाधिवेशन प्रतिनिधिले ३ हजार र केन्द्रीय महाधिवेशन प्रतिनिधिले ५ हजार शुल्क तोकिएको छ ।

प्रतिक्रिया