रुपन्देहीमा मंगलम् पाइप्सको नयाँँ कारखाना स्थापना

रुपन्देही । जिल्लाको रोहिणी गाउँपालिका ३ ढक्दैमा मंगलम् पाइप्स एण्ड फिटिङ्सको नयाँँ कारखानाको स्थापना अन्तिम चरणमा पुगेको छ ।
उद्योगको बाहिरी निर्माण कार्य केही सम्पन्न हुन बाँकी रहे पनि, उत्पादन सुरु भइसकेको छ । यस कारखानाबाट हरेक प्रयोजनको लागि आवश्यक पाइप्स् र फिटिङ्सको सम्पूर्ण रेन्जहरु उत्पादन भइरहेका छन् ।
सन् २००९ मा स्थापना भएको मंगलम् पाइप्स नेपालको पहिलो सिपिभिसी पाइप र फिटिंग्स् उत्पादक तथा नेपालबाट बाहिरी देशमा सबैभन्दा बढी निर्यात गने कम्पनी हो । मंगलम पाइप्सको पुरानो कारखाना सिद्धार्थनगर भैरहवामा अवस्थित छ ।
लगभग ३ लाख वर्ग फिटसम्म फैलिएको यस उद्योगले २५० जना कर्मचारीलाई रोजगारी दिँदै आएको छ । यो कारखानाको वार्षिक उत्पादन क्षमता १२,००० मेट्रिक टन रहेको छ । यसमा एउटै युनिटबाट विभिन्न उत्पादनका पाइप्सहरु उत्पादन हुन्छ ।
तातो तथा चिसो दुवै पानीको लागि उपयुक्त एवम् उच्च चापशक्ति सहन सक्ने क्षमता भएको यस पाइप्स क्लोरिनले असर नगर्ने, खिया नलाग्ने तथा लामो समयसम्म टिक्ने रहेको छ । निर्माणको अन्तिम चरणमा पुगेको यो उद्योग पुष २०७८ सम्ममा पूर्ण रुपमा सम्पन्न हुने लक्ष्य राखिएको छ ।
















सुनचाँदीको मूल्य व्यापक वृद्धि, आज कारोबारको मूल्य कति ?
अर्थमन्त्री र भौतिक पूर्वाधार मन्त्रीसँग बजेटबारे छलफल गर्दै रास्वपा सांसद
इरानको सपिङ सेन्टरमा आगलागी आठ जनाको मृत्यु
सशस्त्र प्रहरी बलका १८ जबान बिना सूचना सम्पर्कबिहीन (नामावली)
नाकामा भन्सार कडाइले नेपालतर्फको बजारमा बढ्यो चहलपहल
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया