यू–१९ क्रिकेटः सुदूरपश्चिम प्रदेश फाइनलमा

काठमाडौं । बागमती प्रदेशमाथि ८ विकेटको शानदार जित निकाल्दै सुदूरपश्चिम प्रदेश राजधानीमा जारी वाई–वाई यु–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
कीर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा भएको खेलमा सुदूरपश्चिमले बागमती प्रदेशलाई हराउँदै लुम्बिनीसँग उपाधि प्रतिस्पर्धाका लागि स्थान सुरक्षित गरेको हो ।
६ खेल मध्ये ४ खेलमा जित निकालेको सुदूरपमश्चिमले राम्रो रन रेट बनाउँदै शीर्ष दुईमा रहेर फाइनलमा स्थान सुरक्षित गरेको हो ।
लुम्बिनीसँग उपाधि भिडन्तका लागि स्थान बनाउने क्रममा ९६ रनको लक्ष्य सुदुरपश्चिमले ३२.१ ओभरमा दुई विकेट गुमाएर पुरा गरेको हो ।
सुदुरपश्चिमका लागि नरेन भट्टले अविजित ३७ र राहुल भण्डारीले अविजित रनको योगदान गरे । कप्तान खडक बोहोराले ५ रनको पारी खेल्दा बसन्त कार्की ११ रनमा पवेलियन फर्किए ।
सुदूरपश्चिमको दुई विकेट निकाल्ने क्रममा बागमतीका गौतम केसी र प्रतिश जिसीले समान एक–एक विकेट हात पारे ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको बागमतीले ३०.१ ओभरमा सबै विकेट गुमाएर मात्र ९५ रन जोडेको थियो । बागमतीका लागि विवेक मगरले सर्वाधिक ३२ रन जोड्दा क्रिस कार्कीले १७ रन जोड्नु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।
बागमती प्रदेशविरुद्ध कसिलो बलिङ गर्ने क्रममा सुदुरपश्चिमका हेमन्त धामीले सबै भन्दा धेरै ५ विकेट हात पारे । धामीले १० ओभर बलिङ गर्दा ४ मेडन ओभर गर्दै १९ रन खर्चिएका थिए ।
यस्तै शेर मल्ल पनि बागमतीविरुद्ध उत्कृष्ट बलिङ गर्दै चार विकेट निकाले । ५.१ ओभर बलिङ गरेका मल्ले ३१ रन खर्चिन पुगेका थिए ।
यससँगै राजधानीमा जारी वाई–वाई यु–१९ क्रिकेट प्रतियोयिगतामा राउन्ड रोविन लिगका खेल सकिएका छन् । प्रतियोगितामा फाइनल खेल आइतबार हुनेछ ।









म्याग्दीमा धान उत्पादन बढ्यो
नेक्सजेन म्यानेजमेन्टले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल
जेनजी आन्दोलनका क्रममा आगजनी, तोफोड र लुटपाट गर्ने ४३ जना पक्राउ
सुशासन मार्फत् जनतामा आशा जगाउन वर्तमान सरकार केन्द्रित छः मन्त्री घिसिङ
झापामा तीन सयभन्दा बढी बालबालिकामा अटिजम
एनपीएलः अहिलेसम्म कुन टिमको कस्तो रह्यो प्रदर्शन ?
कसले गरे महेश बस्नेतमाथि आक्रमणको प्रयास ?
महेश बस्नेतमाथि मसी छ्याप्नेलाई कडा कारबाही हुन्छ: नेविसंघ अध्यक्ष शेर्पा
दृष्टिविहीन महिला टि–२० विश्वकपको उपाधि भारतलाई, नेपाल ७ विकेटले पराजित
एनपीएलमा सट्टाबाजी गराउने ८ भारतीय प्रकाउ
प्रतिक्रिया