यू–१९ क्रिकेटः सुदूरपश्चिम प्रदेश फाइनलमा

काठमाडौं । बागमती प्रदेशमाथि ८ विकेटको शानदार जित निकाल्दै सुदूरपश्चिम प्रदेश राजधानीमा जारी वाई–वाई यु–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
कीर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा भएको खेलमा सुदूरपश्चिमले बागमती प्रदेशलाई हराउँदै लुम्बिनीसँग उपाधि प्रतिस्पर्धाका लागि स्थान सुरक्षित गरेको हो ।
६ खेल मध्ये ४ खेलमा जित निकालेको सुदूरपमश्चिमले राम्रो रन रेट बनाउँदै शीर्ष दुईमा रहेर फाइनलमा स्थान सुरक्षित गरेको हो ।
लुम्बिनीसँग उपाधि भिडन्तका लागि स्थान बनाउने क्रममा ९६ रनको लक्ष्य सुदुरपश्चिमले ३२.१ ओभरमा दुई विकेट गुमाएर पुरा गरेको हो ।
सुदुरपश्चिमका लागि नरेन भट्टले अविजित ३७ र राहुल भण्डारीले अविजित रनको योगदान गरे । कप्तान खडक बोहोराले ५ रनको पारी खेल्दा बसन्त कार्की ११ रनमा पवेलियन फर्किए ।
सुदूरपश्चिमको दुई विकेट निकाल्ने क्रममा बागमतीका गौतम केसी र प्रतिश जिसीले समान एक–एक विकेट हात पारे ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको बागमतीले ३०.१ ओभरमा सबै विकेट गुमाएर मात्र ९५ रन जोडेको थियो । बागमतीका लागि विवेक मगरले सर्वाधिक ३२ रन जोड्दा क्रिस कार्कीले १७ रन जोड्नु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।
बागमती प्रदेशविरुद्ध कसिलो बलिङ गर्ने क्रममा सुदुरपश्चिमका हेमन्त धामीले सबै भन्दा धेरै ५ विकेट हात पारे । धामीले १० ओभर बलिङ गर्दा ४ मेडन ओभर गर्दै १९ रन खर्चिएका थिए ।
यस्तै शेर मल्ल पनि बागमतीविरुद्ध उत्कृष्ट बलिङ गर्दै चार विकेट निकाले । ५.१ ओभर बलिङ गरेका मल्ले ३१ रन खर्चिन पुगेका थिए ।
यससँगै राजधानीमा जारी वाई–वाई यु–१९ क्रिकेट प्रतियोयिगतामा राउन्ड रोविन लिगका खेल सकिएका छन् । प्रतियोगितामा फाइनल खेल आइतबार हुनेछ ।

















सिटिजन्स बैंककाे ‘जेनजी सेभिङ अकाउन्ट’ मा युवाकाे आकर्षण, ‘रिफर एण्ड अर्न’ अफरसँगै यस्ता छन् सुविधा
बुवा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
ज्ञानेन्द्र शाही बने राप्रपा संसदीय दलको नेता
आयोगले राष्ट्रपतिलाई बुझायो निर्वाचनको प्रतिवेदन
श्रीराम ग्यास उद्योगको गोदाममा लुकाएको छ हजार सिलिन्डर बरामद
रास्वपाकाे सांसद अभिमुखीकरण कार्यक्रममा मोबाइल निषेध, आफन्त पनि प्रतिबन्ध
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान
एनआरएनए विश्व सम्मेलनको घोषणापत्रः लगानी, श्रमिक सुरक्षा र एकतामा जोड
प्रतिक्रिया