शनिबार, फागुन २३, २०८२

‘रअ’का नेपाल प्रमुखको दौडधुप, देउवालाई भेटेर शुभेच्छा प्रकट

मेरोन्यूज २०७८ मंसिर १८ गते ११:३९

काठमाडौँ । नेपालमा राष्ट्रिय दलको महाधिवेशन हुँदै गर्दा भारतीय गुप्तचर संस्था ‘रअ’का नेपालस्थित प्रमुखले शीर्ष नेताहरुसँग गोप्य भेटघाट गरेका छन् । भारतीय रअ अधिकारीहरुले यसबीचमा नेकपा माओवादी केन्द्र र राप्रपाका नेताहरुसँग भेटघाट गरेको विषय बाहिर नआए पनि प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवासँग गोप्य भेटघाट गरेको विषय भने बाहिर आएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

उच्च सुरक्षा स्रोतले दिएको जानकारीअनुसार प्रधानमन्त्री देउवाको निवासमा बिहीबार भारतीय गुप्तचर संस्था रअका नेपालस्थित प्रमुखले भेटघाट गरेका थिए । सो भेटघाटमा रअ का प्रमुख राघव भट्नागरले नेपाली कांग्रेसको भावी नेतृत्वका बारेमा प्रधानमन्त्री देउवासँग चासो राखेको र त्यसबारे आफ्नो देशको धारणासमेत जानकारी गराएको स्रोतले जनाएको छ ।

उच्च सुरक्षा स्रोतका अनुसार भारतीय गुप्तचर संस्था ‘रअ’का नेपालस्थित प्रमुख भट्नागर आफ्ना सहयोगीसहित पुगेका थिए । भारतको हिन्दुवादी तथा संस्थापन पक्षले नेपाली कांग्रेसको आगामी महाधिवेशनमा प्रधानमन्त्री देउवालाई असहयोग गर्ने र सभापतिका अन्य आकांक्षीहरुलाई सघाउने हल्ला नेपाली कांग्रेसभित्र चर्को रुपमा फैलिएपछि भट्नागर प्रधानमन्त्री देउवालाई भेट्न पुगेका हुन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल नीति परिचालन गर्ने जिम्मेवारी पाएका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालको सन्देशसहित भट्नागरले देउवालाई भेटेको स्रोतले जनाएको छ ।

डोभालले भारत सरकार र भारतको गुप्तचर एजेन्सी रअले नेपाली कांग्रेसको आगामी अधिवेशनमा कसैलाई पनि जिताउन वा हराउन नलाग्ने र जित र हारका लागि कोही पनि परिचालन नगरिएको स्पष्ट पार्ने प्रयास गरेको स्रोतको दाबी छ । प्रधानमन्त्री देउवासँग भट्नागरले ४५ मिनेट भेट गरेका थिए । त्यो समयमा उनले भारतीय संस्थापन पक्षको धारणा र कांग्रेसभित्र देखिएको समस्याको बारेमा भारतीय पक्षको चासो नरहेको पनि धारणा राखेका थिए ।

‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल नीति परिचालन गर्ने जिम्मेवारी पाएका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालको सन्देशसहित भट्नागरले देउवालाई भेटेका हुन्’, उच्च स्रोतले भन्यो । डोभालले भारत सरकार र भारतको गुप्तचर एजेन्सी रअ ले नेपाली कांग्रेसको आगामी अधिबेशनमा कसैलाई पनि जिताउन वा हराउन नलाग्ने र जित र हारका लागि कोही पनि परिचालन नगरिएको स्पष्ट पार्ने प्रयास सहित भट्नागरलाई भेट्न पठाएका थिए ।

भट्नागरलाई भारतीय दूतावासले नै समय मिलाइदिएको स्रोतले जनाएको छ । ‘कसैलाई पुल वा पुस (तान्ने वा धकेल्ने) काम नगर्ने सन्देश दिएका छन’, स्रोतले भन्यो, ‘त्यसैले प्रधानमन्त्री देउवालाई भारतीय पक्षबाट असहयोग हुने हो कि भन्ने हल्लाको अब अर्थ छैन ।’

सुरक्षा सल्लाहकारकै सन्देश भएपछि राजदूत जाँदा हल्ला बढी हुने भएकाले भट्नागरलाई भेट्न पठाइएको स्रोतले जनाएको छ । यही सन्देश प्रधानमन्त्री देउवालाई भारतीय गुप्तचर संस्थाका एकजना उच्च पदस्थ तर रिटायर्ड कर्मचारी एभी माथुरले फोन नै गरेर भट्नागरकै जस्तो सन्देश दिइसकेका थिए ।

देउवासँग सम्बन्ध थप बिग्रन नदिन भारतले कांग्रेस अधिवेशनमा कुनै पनि पक्षमा नलाग्ने सन्देश प्रवाह गरेको स्रोतको दाबी छ । कांग्रेसभित्र सभापतिको उम्मेद्वारी घोषणा गरेका नेता विमेलन्द्र निधिलाई देउवा क्याम्पबाट छुटाएर देउवाकै प्रतिस्पर्धी बनाउने काम गरेको आरोप भारतीय गुप्तचरमाथि लाग्दै आएको आरोपलाई पनि सो भेटघाटमा चिर्ने प्रयास गरिएको थियो ।

भारतीय हिन्दुवादीहरुले नेता शेखर कोइरालालाई देउवाविरुद्ध अघि सारेको भन्नेहरु पनि कांग्रेसभित्र चलिरहेको छ । स्रोतका अनुसार, नेपालका लागि भारतका पूर्वराजदूत मञ्जिवसिंह पुरी बेलाबेला जनकपुर झुल्कने गरेको र कांग्रेस महाधिवेशनको संघारमा उनको झुल्काइले निधिलाई समर्थन पुग्ने गरेको विषयले पनि कांग्रेसको अरु क्याम्पमा चर्चा पाउने गरेको छ ।

प्रतिक्रिया