काँग्रेस सुदूरपश्चिमकाे मतदान सकियाे, राति ९ बजेबाट गणना
मेरोन्यूज
२०७८ मंसिर १८ गते १७:५१

कैलाली । कैलालीको धनगढीमा जारी नेपाली काँग्रेसको पहिलो प्रदेश अधिवेशन अन्तर्गत मतदान सकिएको छ ।
कुल एक हजार २६ मतदातामध्ये एक हजार तीन मत खसेको छ। काँग्रेसका प्रचारप्रसार समितिका संयोजक नृप सुनारका अनुसार मतदानमा २३ जना अनुपस्थित रहे ।
उनका अनुसार राति ९ बजेदेखि कैलाली काँग्रेसको पार्टी कार्यालयमा गणना हुनेछ । ५९ जना सुदूरपश्चिम प्रदेश कार्यसमितिका लागि एक सय ७७ जनाले उम्मेदवारी दिएका छन् ।
संस्थापन पक्षबाट कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री वीरबहादुर बलायरको नेतृत्वमा टिमसहित चुनावमा होमिएका छन् भने इतर पक्षबाट कैलालीका पूर्वसभापति नारायणदत्त मिश्र टिमसहित चुनाव लडिरहेका छन् ।
सम्बन्धित


















गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
बढ्दो सम्बन्धविच्छेद : अधिकारको उपयोग कि विकृति ?
मौसम पूर्वानुमान : यी प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना
तराईमा बढ्दै तापक्रम, नेपालगन्जमा ४० डिग्री नाघ्यो
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
प्रतिक्रिया