आजको राशिफल : मंसिर १९ गते आइतबार

आज २०७८ साल मंसिर महिनाको १९ गते आइतबार, मंसिर शुक्लपक्षको प्रतिपदा तिथि । आज स्वयंसेवक दिवस रहेको छ ।
मेष
रङ्गरौसको वातावरणमा घुलमिल हुन मन लाग्ने छ । कमाईमा बृद्धि हुने तथा खर्च पनि उत्तिकै स्तरमा हुन जाने छ । पेशागत जीवन सकारात्मक रहने छ । बोलीको प्रभावकारीता कायम हुँदा अरुको मन जित्न सकिने छ । पारीवारिक जीवनमा भने असमञ्जस्यता उत्पन्न हुन जाने छ ।
वृष
पेशागत जीवन सोचे जस्तो अघि बढ्ने छैन् । विभिन्न खाले समस्यासँग जुध्दै अघि बढ्नु पर्ने छ । आफन्त तथा मित्रहरुबाट धोका हुने अवस्था आउने चुनौति देखिएकाले सतर्क रहनु होला । आर्थिक सन्तुलन बिग्रने छ । यौनसँ सम्बन्धि विषयमा संयमित रहनु होला ।
मिथुन
उच्च दृढताले भरिएको व्यक्तित्व हुने छ । रिस भने कडा हुने भएकाले संयमित रहनु नै उचित हुने छ । मनमा उदासिनताको मात्रा रही रहने छ । परिवारमा मधुरता र प्रेम रहने हुँदा कठिनाईमा पनि निरन्तर अघि बढ्न मद्धत मिल्ने छ ।
कर्कट
समय शुभ रहेको छ । मान प्रतिष्ठा प्राप्त हुने छ । आर्थिक अवस्था मजबुद रहने छ भने बृद्धि पनि देखिने छ । रमाईलो कार्यक्रमहरुमा सहभागि हुन पाइने छ । पेशागत जीवनमा उन्नति तथा प्रगतिको अवसर प्राप्त हुने छ । बौद्धिक स्तरको व्यक्तित्व हुने छ ।
सिंह
नयाँ नयाँ विषय सिक्नमा रुचि रहने छ भने सिक्न पनि पाइने छ । कमाईमा बृद्धि हुने छ । पेशागत जीवनमा उन्नति प्रगति हुने छ । मनोबल उच्च भए तापनि बेला बेला अनावश्यक विषयमा झैझगडाको अवस्था आउने भएकाले जोगिनु होला । खानपानमा ध्यान दिनु होला
कन्या
आर्थिक अवस्थामा गुणात्मक बृद्धि हुने छ । पेशागत जीवनमा सन्तोषजनक अवस्था रहने छ । खर्चको अवस्था पनि ह्वात्तै बढ्न जाने छ । सवारीसाधन सम्बन्धी समस्या झेल्नु पर्ने छ । भोज भतेरमा सहभागि हुने समय रहेको छ । स्वास्थ्य अवस्थामा भने सन्तुलन कायम हुने छैन् ।
तुला
आर्थिक अवस्थामा असन्तुलन पैदा हुँदा मनमा दबाब उत्पन्न हुन जाने छ । तर परिवारमा सुमधुरता हुने हुँदा कठिन क्षणको सामना गर्न पनि एकरुपता आउने छ । मेहनती बानीले गर्दा अरुले कदर गर्ने र नयाँ नयाँ अवसरको प्राप्ति हुने छ । पेशागत जीवनमा धैर्य भएर पाइला चाल्नु होला ।
वृश्चिक
परिवारमा मिलन हुने र मनमा हर्ष उत्पन्न हुने छ । आर्थिक अवस्थामा सुधार आउने छ । बोली प्रभावकारी हुने छ । पेशागत जीवन सन्तोषजनक रहने छ । विदेश यात्रामा जाने विषयमा अन्योल उत्पन्न हुने छ । स्वास्थ्य अवस्थामा असन्तुलन पैदा भई अस्पतालजन्य खर्चहरु बढ्न पुग्ने छन् । दाम्पत्य जीवनमा विश्वास थप प्रगाढ हुने छ ।
धनु
प्रेममा सफलता प्राप्त हुने छैन् । कानूनी अड्चनहरु खेप्नु पर्ने छ । आम्दानीमा गिरावट हुँदा खर्च व्यवस्थापन गर्न धौ धौ हुने छ । पेशागत जीवन जोखिपूर्ण अवस्थाबाट गुज्रन पुग्ने छ । सन्तान सुखको कमि हुने छ । अध्ययन तथा अध्यापनमा रुचि रहने छैन् । मनोबल कमजोर रहने छ ।
मकर
दाम्पत्य जीवनमा मधुरतामा बृद्धि हुने छ । मनोबल उच्च भएको व्यक्तित्व हुँदा हुँदै पनि झगडालु स्वाभाव हुने भएकाले यसबारेमा विचार पुर्याउनु होला । पेशागत जीवनमा अनावश्यक आक्रामकता देखिने भएकाले नरम तथा संयमित रहने प्रयास गर्नु होला । इष्ट मित्र तथा समाजले आलोचना गर्ने छन् ।
कुम्भ
दुविधात्मक अवस्थाबाट गुज्रनु पर्ने छ । पेशागत जीवनमा सहजता आउने छ । स्वास्थ्य अवस्थामा पनि सुधार आउँदा मनमा सन्तोष मिल्ने छ । आम्दानी मद्यम प्रकृतिको रहने छ । निर्णय क्षमतामा हुने गिरावटका कारण अन्योलता कायम रहने छ । दाम्पत्य जीवनमा भने मधुरता रहँदा सुख दुःखमा एक रुपता कायम रहने छ ।
मीन
झैझगडाका क्रमहरु देखिन पुग्ने छ । पेशागत जीवनमा सतर्क रही पाइला चाल्नु नै उचित हुने छ । दाम्पत्य जीवनमा उच्च सुमधुरता कायम हुँदा कठिन अवस्थासँग जुध्न तागत प्राप्त हुने छ । विभिन्न आरोप प्रत्यारोपहरु खेप्नु पर्ने छ । परिवारमा कुरा काट्ने तथा आलोचना गर्नेहरुका कारण मनमा वितृष्ण उत्पन्न हुन जाने छ ।

ज्यो. दिवाकर पन्त
ज्यो. पन्त ज्योतिषी, वास्तु, रत्न एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८१३६३७२३८
















रसुवा भन्सारमा सामान जाँचपास सुरु
गगनलाई सुदूरपश्चिमका मुख्यमन्त्रीको प्रश्न– देउवालाई टिकट नदिनुको कारण के ?
यातायात कार्यालय जुम्लाद्वारा एक करोड १६ लाख राजस्व सङ्कलन
विधिको शासनको कार्यान्वयनप्रति न्यायपालिका प्रतिबद्ध छः कामु प्रधानन्यायाधीश
‘विपद् जोखिम न्यूनीकरणका लागि प्रहरी तयारी अवस्थामा छ’
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया