भारतीय नम्बरको जीपले ठक्कर दिँदा कञ्चनपुरमा एक जनाको मृत्यु
मेरोन्यूज
२०७८ मंसिर १९ गते ९:०८

कैलाली । कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर २ मा भारतीय नम्बर पिलेट भएको जीपले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत कृष्णपुर नगरपालिका वडा नम्बर २ बाणीमा DL1ZC 4754 नम्बरको भारतीय जीपले ठक्कर दिँदा गम्भीर घाइते भएका स्थानीय ६५ वर्षीय तारा नाथको घटनास्थलमै मृत्यु भएको हो ।
आइतबार बिहान करिब ६ बजेको समयमा, बाणी देखी झलारी तर्फ आइरहेको उक्त जीपले स्थानीय नाथलाई ठक्कर दिँदा उक्त दुर्घटना भएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । दुर्घटना भएको उक्त स्थानमा स्थानीयहरूले बिहानै देखी पूर्व पश्चिम राजमार्ग अवरुद्ध समेत गरेका छन् ।
यसैगरी उक्त जीप र चालकलाई भने इलाका प्रहरी कार्यालय झलारीले नियन्त्रणमा लिइसकेको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक कर्ण बोहराले जानकारी दिए ।
सम्बन्धित
















कैलाली–१ मा रास्वपाकी कोमल ज्ञवाली निर्वाचित
रास्वपा २७ स्थानमा विजयी र ९० क्षेत्रमा अगाडि, अन्य दलकाे अवस्था के ?
नेमकिपाकाे गढ भक्तपुर-१मा रास्वपाका रन्जित विजयी
झापा-५ मा ओलीभन्दा बालेन २९ हजार मतले अगाडि
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
निर्वाचनमा हेलिकप्टर गस्ती गर्ने केन्द्रीय सुरक्षा समितिको निर्णय
मतदान केन्द्रमा ‘सिसिटिभी क्यामेरा’
बाख्रामा ‘पिपीआर’ रोगको सङ्क्रमण पुष्टि
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
प्रतिक्रिया