सोमबार, वैशाख ७, २०८३

यू–१९ क्रिकेटको उपाधि लुम्बिनीलाई

मेरोन्यूज २०७८ मंसिर १९ गते १८:४७

काठमाडौं । सुदूरपश्चिम प्रदेशलाई हराउँदै लुम्बिनी प्रदेशले वाई–वाई यू–१९ पुरुष क्रिकेट प्रतियोगिताको उपाधि उचालेको छ । कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा भएको खेलमा लुम्बिनीले सुदुरपश्चिम प्रदेशलाई १ सय १३ रनले पराजित उपाधि हात पारेको हो ।

२ सय १३ रनको लक्ष्य पछ्याएको सुदुरपश्चिमले २८.३ ओभरमा सबै विकेट गुमाउँदै ९९ रनमा समेटिँदा लुम्बिनीले फाइनलमा फराकिलो जित निकालेको हो । जितसँगै लुम्बिनीले नगद २ लाख रुपैयाँ पुरस्कार थापेको छ ।

यस्तै उपविजेतामा खुम्चिएको सुदूरपश्चिमले एक लाख रुपैयाँमा चित्त बुझाएको छ ।

मध्य लक्ष्य पाएको सुदुरपश्चिमका लागि लोकेश बमले सर्वाधिक २५ रन पारी खेल्दा ओपनर कप्तान खडक बोहरा २१, शेर मल्लले १५ तथा नारायण जोशी ११ रनमा जोड्नु बाहेक अन्य टोलीले दोहोरो अंकको स्कोर गर्न सकेनन् ।

सुदुरपश्चिमलाई सस्तैमा समेट्न लुम्बिनीका अजय चौहानले सर्वाधिक ५ विकेट लिए निकाल्दा दुर्गेश गुप्ताले ३ विकेट तथा मोहम्मद हुसेनले २ विकेट हात पारे ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित ५० ओभरको खेलमा सबै विकेट गुमाएर २ सय १२ रन जोडेको थियो ।

लुम्बिनीका लागि कप्तान देव खनालले सर्वाधिक ७० रनको योगदान गरे । देवले ९५ बल खेल्दै ५ चौका र ४ छक्का प्रहार गरे । विशाल विक्रम केसीले ५१ रन, दुर्गेश गुप्ताले ३२ तथा प्रज्वल थापाले २४ रन जोडे ।

सुदुरपश्चिमका आकाश चन्दले सर्वाधिक तीन विकेट हात पारे । शेर मल्ल र हेमन्त धामीले समान दुई–दुई विकेट आफ्नो नाममा लेखाए । नरेन साउद र राहुल भण्डारीले एक–एक विकेट लिए ।

प्रतियोगितामा प्लेयर अफ दी म्याच लुम्बिनीका अजय चौहान चुनिँदा लुम्बिनी मोहम्म हुसेन उत्कृष्ट बलर, लुम्बिनीकै देभ खनाल उत्कृष्ट ब्याट्स म्यान तथा प्रतियोगिताको उत्कृष्ट खेलाडी लुम्बिनीकै मोहम्मद हुसेन नै चुनिए । राउन्ड रोविनको आधारमा खेलाइएको प्रतियोगितामा सातवटै प्रदेशको सहभागिता रहेको थियो ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

प्रतिक्रिया