आजको राशिफल : मंसिर २० गते सोमबार

आज २०७८ साल मंसिर महिनाको २० गते सोमबार, मंसिर शुक्लपक्षको द्वितीया तिथि ।
मेष
खर्चको मात्रा बढ्दा आर्थिक सन्तुलन बिग्रन पुग्ने छ । अकस्मात उत्साह र उमङ्गमा कमि आउने छ ।स्वास्थ्य अवस्थामा कमजोरी हुने हुँदा विचार पुर्याउनु होला । पेशागत जीवनमा भने सकारात्मक अवस्था नै रहने छ । बोलीमा संयमितता कायम राख्नु होला ।
वृष
आफन्त तथा आफैले भर गरेकाहरुबाट धोकाको अवस्था आउने देखिन्छ । एकपछि अर्काे गरि आउने अवरोधहरुको सामना गर्दा गर्दै थकित अनुभुति हुने छ । पेशागत जीवनमा धैर्य भएर पाइला चाल्नु होला । आर्थिक दबाब कायम हुने छ ।
मिथुन
बोलीमा धेरै कडापना देखिने छ । जीवनसाथिको साथले धेरै भरथेग गर्ने छ । आफ्नै रिसले गर्दा बन्न खोजका कामहरु पनि बिग्रने छन् । मनोबल उच्च रहने भएकाले कसैसँग नदब्ने स्वाभाव हुने छ । मिठो मिठो खाना खाने अवसर मिल्ने छ ।
कर्कट
समाजबाट मान मर्यादा प्राप्त हुने छ । हसिँलो तथा रसिलो स्वाभाव हुने र रमाईलोमा मन केन्द्रीत हुने छ । आर्थिक क्षेत्रमा प्रगति हुने छ । बचत हुने तथा बिबिध क्षेत्रमा लगानी थपिन जाने छ । पेशागत जीवनमा सकारात्मक नतिजाहरु आउने छन् ।
सिंह
एकोहोरो स्वाभाव देखिने हुनाले अरुले एकलकाँटे अनुभूत गर्ने छन् । बादबिबादबाट जोगिनु होला । स्वास्थ्य अवस्थामा सन्तुलन बिग्रने छ । जसले गर्दा दैनिक तालिकामा असर पार्ने छ । आम्दानी मध्यम खालको रहने छ । पेशागत जीवनमा अलि जोश र जाँगरको कमि हुने छ ।
कन्या
आम्दानीमा बृद्धि कायम रहने छ । मद्यपान र धुमपान जस्ता विषयमा टाढा नै रहेको उपयुक्त हुने छ । पार्टीहरुमा सहभागि हुन पाइने भएता पनि स्वास्थ्यले साथ नदिँदा त्यसको खास महत्व हुने छैन् । पेशागत जीवन ठिक नै रहने छ । सवारीसाधन सम्बन्धी समस्याले पिरोल्ने छ ।
तुला
कठोर मेहनत गर्दा गर्दै पनि नतिजा आउन ढिलाई हुने हुँदा मनमा दिक्दारी लाग्ने छ । आर्थिक अवस्थामा खल्बलि आउँदा दबाब सृजना हुने छ । परिवारमा एक अर्कालाई गर्ने सरसहयोगले धेरै राहत दिने छ । पेशागत जीवनमा धेरै जोखिम लिने भन्दा निरनतरता दिने विषयमा अघि बढ्नु नै ठिक हुने छ ।
वृश्चिक
स–साना स्वास्थ्य समस्याले उल्झन ल्याउने छ, नियमित दैनिकीलाई प्रभावित पार्ने छ । परिवारमा रमाईलो र हसिलो वातावरण बन्ने छ । बोलीको प्रभावले गर्दा ठुलाबडाको मन जित्न सकिने छ । पेशागत जीवन सकारात्मक दिशामा केन्द्रीत रहने छ । बौद्धिकतामा भने ह्रास आउने छ ।
धनु
बोलीमा संयमितता अपनाउनु होला । मुद्धा मामिला तथा प्रशासनिक निकाय धाउनु पर्ने जस्ता समस्याहरु आइलाग्ने छन् । आर्थिक अवस्थामा गिरावट आउँदा मानसिक दबाब उत्पन्न हुने छ । पेशागत जीवनमा सकभर मधुर बन्ने प्रयास गर्नु नै उचित देखिन्छ । अध्ययन र अध्यापन क्षेत्रको क्षमताको गिरावट हुने छ ।
मकर
झैझगडाबा वातावरणमा नफस्नु नै उपयुक्त हुने छ । जति नै सहयोग गर्न खोजे पनि समाजले सही मुल्यांकन नगर्दा निराशा उत्पन्न हुने छ । तर मनोबलमा भने कुनै कमि आउने छैन् । पेशागत क्षेत्रमा विचार गरेर मात्र जोखिमहरु लिनु ठिक हुने छ । दाम्पत्य जीवनमा प्रेम र सद्भाव कायम रहने छ ।
कुम्भ
पेशागत क्षेत्रबाट लाभ मिल्ने छ । आम्दानीमा पनि केही बृद्धि नै हुन जाने छ । स्वास्थ्यमा केही सुधार देखिने छ । व्यवस्थापकीय क्षमताले गर्दा आफ्ना टिमका सदस्यहरुको मन जित्न सकिने छ । निर्णय क्षमतामा सुधार आउने छ । दाम्पत्य जीवनमा एकअर्का प्रति भरोषा र प्रेम बढ्न जाने छ ।
मीन
परिवारमा तनाव र दबाब उत्पन्न हुने छ । पेशागत जीवनमा संकट निम्तिने भएकाले धैर्यता नगुमाउनु होला । झैझगडाका अवस्थाहरुबाट सकभर टाढा नै बस्दा उचित हुने छ । मुद्धामामिला तथा आरोप प्रत्यारोपको अवस्था आउन सक्ने भएकाले बोल्दा विचार गरेर मात्र बोल्नु होला ।

ज्यो. दिवाकर पन्त
ज्यो. पन्त ज्योतिषी, वास्तु, रत्न एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८१३६३७२३८
















अनलाइन प्रणालीसँगै भारतीय सवारी निगरानी कडाइ
रसुवा भन्सारमा सामान जाँचपास सुरु
गगनलाई सुदूरपश्चिमका मुख्यमन्त्रीको प्रश्न– देउवालाई टिकट नदिनुको कारण के ?
यातायात कार्यालय जुम्लाद्वारा एक करोड १६ लाख राजस्व सङ्कलन
विधिको शासनको कार्यान्वयनप्रति न्यायपालिका प्रतिबद्ध छः कामु प्रधानन्यायाधीश
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया