जनप्रगतिशील मञ्च जापानको अधिवेशन तयारी पूरा
मेरोन्यूज
२०७८ मंसिर २० गते १७:४१

काठमाडौँ । नेपाली जनप्रगतिशील मञ्च जापानले आठौं राष्टिय अधिवेशनको सम्पूर्ण तयारी पूरा गरेको छ । टोकियोमा १२ तारीख (मंसिर २६ गते )का दिन आठौं राष्ट्रिय अधिवेशन सहमतिकै आधारमा सम्पन्न गर्ने गरी तयारी थालिएको मञ्चका अध्यक्ष हवलचन्द्र लामाले जानकारी दिए । यो संगठन माओवादी केन्द्र निकटको प्रवासी संगठन हो ।
नागोया, टोकियो, फुकोओका, गून्बा क्षेत्रहरूमा क्षेत्रिय अधिवेशन सम्पन्न गरिसकेको मञ्चले कान्साई, सेन्दाई ,ओसाका र ओकीनावा क्षेत्रको पनि अधिवेशन सम्पन्न गरिसकेको छ ।
माओवादी केन्द्रले आफ्नो राष्ट्रिय सम्मेलन पुस ११ गतेदेखि १३ गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको छ । त्यसअघि जिल्ला , प्रदेश र अन्तराष्ट्रिय मञ्चहरुको अधिवेशन सक्ने सो पार्टीको तयारी छ ।
सम्बन्धित

















इरानद्वारा इजरायल र अमेरिकी अड्डामा थप आक्रमण
हालसम्म ८३ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, कस्ले कति जिते ?
हुम्लामा २ रोकायाबिच तिब्र प्रतिस्पर्धा
तबला दिएको फोटो राख्दै ओलीले भने- बालेन बाबु बधाई !
प्युठानमा रास्वपाका सुशान्त वैदिक विजयी, सूर्य थापा तेस्रो
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
भाेट हाल्न जाँदै हुनुहुन्छ ?, यस्ताे छ आजकाे माैसम
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
सुरक्षा निकायका प्रमुखसहित ‘कन्ट्रोल रुम’बाट निर्वाचन क्षेत्रको ‘मनिटर’ गर्दै गृहमन्त्री
प्रतिक्रिया