मंगलबार, पुष १, २०८२

जनप्रगतिशील मञ्च जापानको अधिवेशन तयारी पूरा

मेरोन्यूज २०७८ मंसिर २० गते १७:४१

काठमाडौँ । नेपाली जनप्रगतिशील मञ्च जापानले आठौं राष्टिय अधिवेशनको सम्पूर्ण तयारी पूरा गरेको छ । टोकियोमा १२ तारीख (मंसिर २६ गते )का दिन आठौं राष्ट्रिय अधिवेशन सहमतिकै आधारमा सम्पन्न गर्ने गरी तयारी थालिएको मञ्चका अध्यक्ष हवलचन्द्र लामाले जानकारी दिए । यो संगठन माओवादी केन्द्र निकटको प्रवासी संगठन हो ।

नागोया, टोकियो, फुकोओका, गून्बा क्षेत्रहरूमा क्षेत्रिय अधिवेशन सम्पन्न गरिसकेको मञ्चले कान्साई, सेन्दाई ,ओसाका र ओकीनावा क्षेत्रको पनि अधिवेशन सम्पन्न गरिसकेको छ ।

माओवादी केन्द्रले आफ्नो राष्ट्रिय सम्मेलन पुस ११ गतेदेखि १३ गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको छ । त्यसअघि जिल्ला , प्रदेश र अन्तराष्ट्रिय मञ्चहरुको अधिवेशन सक्ने सो पार्टीको तयारी छ ।

प्रतिक्रिया