मन्त्री आलेको गुनासो– आफ्नो फाइदा नभएपछि मिडियामा लेखाए (भिडियोसहित)

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आफ्नो ब्यक्तिगत फाइदा पूरा नभएपछि मिडियामा लेखाउने काम गरेको गुनासो गरेका छन् ।
सोमबार मन्त्रालयमा आयोजित नेपाल वायुसेवा निगमलाई अन्तर्राष्ट्रिय उडानमा खतराजन्य पदार्थ आयात तथा निर्यातको अनुमति प्रमाणपत्र जारी गर्ने कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री आलेले मिडियामा लेखाएकोमा आफूलाई कुनै आपत्ति नभएको बताए ।
‘राम्रो काम गर्दा कतिपय मान्छेहरुले आफ्नो व्यक्तिगत इन्ट्रेष्ट पुरा नहुँदा उनीहरुले विभिन्न मिडियामा लेखाउने कामहरु गरिराखेका छन्’, उनले भने, ‘त्यसमा मैले भन्नुपर्ने केही छैन । त्यो त तपाईहरुले आफैँले पनि बुझ्न सक्नुहुन्छ ।’
भिडियाे:
मन्त्री आलेले आफूले मन्त्रालयको कार्यभार सम्हालेपछि मन्त्रालयले गर्ने खर्चमा मितव्ययिता अपनाएको बताए ।
मन्त्री आलेले आफूले मन्त्रालयको कार्यभार सम्हालेपछि मन्त्रालयमा हुने हरेक खर्चमा मितव्ययिता अपनाइएको दावी गरे ।
आफूले नेपाली ध्वजाबाहक जहाजलाई नाफामा पु¥याउने चाहना राखेको पनि उनले जानकारी दिए । अहिले नेपाल वायु सेवा निगम घाटामा गएको र ऋणको ब्याजसमेत तिर्न नसकेको भन्दै मन्त्री आलेले निगमलाई कुनैपनि हालतमा माथि उठाउनुपर्ने बताए ।
अहिलेपनि ५० अर्ब भन्दा बढी ऋण भएकोमा चिन्ता ब्यक्त गर्दै मन्त्री आलेले ९ प्रतिशत ब्याज तिरिराख्नु परेको गुनासो गरे ।













विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
ग्लोबल आइएमई बैंककाे १९औँ वार्षिकोत्सवका अवसरमा सातै प्रदेशमा रक्तदान कार्यक्रम आयोजना
नबिल एसएसईको ‘सेलिब्रेटिङ फेलोसिप : जर्नी अफ इम्प्याक्ट’ कार्यक्रम सम्पन्न
खातामा प्यान नम्बर र इमेल अद्यावधिक गर्न ग्राहकहरूलाई एनआईसी एशिया बैंककाे आग्रह
नबिल बैंकको ४१औँ वार्षिक साधारणसभा सम्पन्न, सञ्चालक समितिको अध्यक्षमा चौधरी
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया