मन्त्री आलेको गुनासो– आफ्नो फाइदा नभएपछि मिडियामा लेखाए (भिडियोसहित)

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आफ्नो ब्यक्तिगत फाइदा पूरा नभएपछि मिडियामा लेखाउने काम गरेको गुनासो गरेका छन् ।
सोमबार मन्त्रालयमा आयोजित नेपाल वायुसेवा निगमलाई अन्तर्राष्ट्रिय उडानमा खतराजन्य पदार्थ आयात तथा निर्यातको अनुमति प्रमाणपत्र जारी गर्ने कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री आलेले मिडियामा लेखाएकोमा आफूलाई कुनै आपत्ति नभएको बताए ।
‘राम्रो काम गर्दा कतिपय मान्छेहरुले आफ्नो व्यक्तिगत इन्ट्रेष्ट पुरा नहुँदा उनीहरुले विभिन्न मिडियामा लेखाउने कामहरु गरिराखेका छन्’, उनले भने, ‘त्यसमा मैले भन्नुपर्ने केही छैन । त्यो त तपाईहरुले आफैँले पनि बुझ्न सक्नुहुन्छ ।’
भिडियाे:
मन्त्री आलेले आफूले मन्त्रालयको कार्यभार सम्हालेपछि मन्त्रालयले गर्ने खर्चमा मितव्ययिता अपनाएको बताए ।
मन्त्री आलेले आफूले मन्त्रालयको कार्यभार सम्हालेपछि मन्त्रालयमा हुने हरेक खर्चमा मितव्ययिता अपनाइएको दावी गरे ।
आफूले नेपाली ध्वजाबाहक जहाजलाई नाफामा पु¥याउने चाहना राखेको पनि उनले जानकारी दिए । अहिले नेपाल वायु सेवा निगम घाटामा गएको र ऋणको ब्याजसमेत तिर्न नसकेको भन्दै मन्त्री आलेले निगमलाई कुनैपनि हालतमा माथि उठाउनुपर्ने बताए ।
अहिलेपनि ५० अर्ब भन्दा बढी ऋण भएकोमा चिन्ता ब्यक्त गर्दै मन्त्री आलेले ९ प्रतिशत ब्याज तिरिराख्नु परेको गुनासो गरे ।


















विश्वकप लिग–२ सिरिजका लागि नेपाली १५ सदस्यीय टोली घोषणा, अर्जुनले पनि पाए मौका
इजरायल र लेबनानबिच युद्धविराम गर्ने सहमति, इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
सन् २०२५ मा नौ सय रोहिंग्या शरणार्थीको मृत्यु
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
आजदेखि देशभर आर्थिक गणना हुँदै
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
प्रतिक्रिया