साफ यू–१९ महिला टोलीको विदाई

काठमाडौं । बंगलादेशको ढाकामा आयोजना हुने साफ यू–१९ महिला फुटबल प्रतियोगितामा सहभागि हुने नेपाली टोलीलाई सोमवार अखिल नेपाल फुटबल संघ (एन्फा)ले विदाई गरेको छ ।
ललितपुर स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा एक कार्यक्रमको आयोजनामा बंगलादेशमा हुने प्रतियोगिताका लागि नेपाली यू–१९ टोलीको विदाई गरेको हो ।
प्रतियोगितामा आयोजक बंगलादेश सहित नेपाल, भारत, भुटान र श्रीलंकाले सहभागिता जनाउँदैछन् । दक्षिण एसियाली खेलकुद प्रतियोगिता अन्र्तगत उमेर समूहको खेलमा बलियो मानिएको नेपाली टोलीको लक्ष्य उपाधि उचाल्ने रहेको छ । टोलीलाई अञ्जना रानामगरले नेतृत्व गर्नेछिन् ।
डिसेम्बर ११ तारिखदेखि २२ तारिखसम्म ढाकामा आयोजना हुने प्रतियोगिताका लागि नेपाली महिला फुटबल टोलीका मुख्य प्रशिक्षक हरिओम श्रेष्ठले आइतबार २३ सदस्यी नेपाली महिला टोलीको नाम सार्वजनिक गरेका थिए ।
पाँच टोलीले राउन्ड रोबिन प्रणालिमा आयोजना हुने प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल आयोजक बंगालदेशविरुद्ध डिसेम्बर ११ तारिखमा खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।
यस्तै नेपालले आफ्नो दोस्रो खेल श्रीलंकाविरुद्ध १५ तारिख, तेस्रो खेलमा भुटानविरुद्ध १७ तारिखमा तथा अन्तिम खेल भारतसँग १९ तारिखमा खेल्नेछ । शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । खेल डिसेम्बर २२ तारिखमा हुनेछ ।


















गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
बढ्दो सम्बन्धविच्छेद : अधिकारको उपयोग कि विकृति ?
मौसम पूर्वानुमान : यी प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना
तराईमा बढ्दै तापक्रम, नेपालगन्जमा ४० डिग्री नाघ्यो
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
प्रतिक्रिया