कांग्रेस महाधिवेन तयारीः देउवालाई उपसमिति संयोजकहरुको ब्रिफिङ

काठमाडौं । नेपाली कांग्रेसको यहि मंसिर २४ गतेदेखि शुरु हुन लागेको १४ औँ महाधिवेशनको तयारीबारेमा महाधिवेशन उपसमिति संयोजकहरुले नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउबालाई ब्रिफिङ् गरेका छन् ।
सोमबार पार्टी कार्यालय सानेपामा महाधिवेशन आयोजक समिति अन्तर्गत रहेका उपसमितिका संयोजकहरुले अहिलेसम्म भएका तयारि तथा प्रगति बारे सभापति देउवालाई जानकारी गराएका हुन् ।
सोमवारको बैठकमा महाधिवेशन उद्घाटन कार्यक्रम उपसमिति,प्रचार प्रसार उपसमिति, आवाश उपसमिति, स्वास्थ्य उपसमिति खाद्यान्न उपसमिति, बिदेशी अतिथि उपसमिति लगायतका उपसमितिहरुले आफ्नो तयारी सम्बन्धि प्रगति सुनाएका थिए ।
बैठकपछि सञ्चारकर्मीहरुसंग बोल्दै प्रवक्ता विश्वप्रकाश शर्माले महाधिवशेनमा पार्टीको महामन्त्रीको संगठनात्मक प्रतिवेदन, कोषाध्यक्षको लेखा प्रतिवेदन अनुमोदनका लागि छुट्टै प्रतिवेदन पेस हुने जानकारी दिए ।
महाधिवेशनका लागि नेपालका मुख्य राजनीतिक दलका नेताहरूलाई आमन्त्रण गरिएको पनि प्रवक्ता शर्माले जानकारी दिए ।
प्रवक्ता शर्माले महाधिवेशनको बन्दसत्र सकिएपछि निर्वाचन प्रक्रियामा जाने र मतदानका लागि २९ वटा स्थानबाट मतपत्र वितरण हुने, २९३ वटा मतदान बुथ र १००० वटा मतपत्र खसाल्ने बक्स हुने जानकारी दिए ।
आगामी २४ गते दिउसो १ बजे उदघाटन हुने नेपाली कांग्रेसको १४ औँ महाधिवेशनले नेतृत्वसहित केन्द्रीय पदाधिकारी चयन गर्नेछ ।










एमाले महाधिवेशन : अहिलेसम्म कति मत खस्यो ?
५ अंकले बढ्यो नेप्से, काराेबार रकम पनि वृद्धि
प्रोटोन ईमासले काठमाडौँ र चितवनमा विशेष एक्सचेन्ज अफर
बल्खुमा ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु
यू–१९ एसिया कप : नेपालले अफगानिस्तानलाई दियो १२५ रनको लक्ष्य
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
प्रतिक्रिया