बुरुण्डीको कारागारमा आगलागी हुँदा ३८ जनाको मृत्यु
काठमाडौँ । बुरुण्डीमा एउटा कारागारमा भएको भीषण आगलागीमा परी कम्तीमा ३८ कैदीको मृत्यु भएको छ । आगलागीमा परी दर्जनौँ कैदीको मृत्यु हुनुका साथै अरु कैयौँ जना गम्भीर घाइते भएको उपराष्ट्रपति प्रोस्पर बोजोम्बान्जाले बताए ।
बुरुण्डीको राजधानी गिटेगामा रहेको कारागारको अधिकांश भाग आगोले ध्वस्त भएको छ भने आगलागीको समयमा धेरै कैदीहरू सुतिरहेकोले धेरै कैदीको मृत्यु भएको एक प्रत्यक्षदर्शीले एएफपीलाई बताए । केही वरिष्ठ मन्त्रीहरुसँग उक्त दुर्घटनाको दृश्य हेर्न गएका ३८ जनाको मृत्यु भएको र ६९ जना गम्भीर घाइते भएको सञ्चारकर्मीसँगको कुराकानीमा उपराष्ट्रपति बाजोम्भान्जाले पुष्टि गरेका छन् ।
स्थानीय समय अनुसार बिहान ४ बजे सुरू भएको आगलागीको कारण विद्यूत चुहावटका कारण भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानपछि बताइएको छ ।
फोनमार्फत् एएफपीलाई प्रतिक्रिया दिँदै प्रत्यक्षदर्शी एक कैदीले भने, “हामीले आगोको ज्वाला धेरै माथि उठेको देखेपछि डरले कराउँदै ढोका खोल्न भन्यौँ तर प्रहरीले ढोका खोल्न आदेश नपाएको भन्दै अस्वीकार गरेकाले ठूलो मानवीय क्षति हुन पुग्यो, म कसरी उम्केँ थाहा छैन । धैरै कैदीहरू भाग्दाभाग्दै आगोले जलेर मरे ।”
साक्षीहरूले भने, “आगलागीमा गम्भीर घाइते भएकाहरूलाई प्रहरी पिकअप ट्रकमा हाली अस्पताल लगियो भने सामान्य घाइते केहीलाई घटनास्थलमा नै उपचार गरिएको थियो ।”
















सातामा दुई दिन बिदा भएसँगै सौराहामा पर्यटकको आगमन उत्साहजनक
Home Secretary presents insignia to IGP Poudel
सभामुखले बोलाए प्रमुख सचेतक तथा सचेतकको बैठक
भूमिहीन नागरिकहरूको पहिचान गरी दीगो समाधान गरिने : प्रधानमन्त्री शाह
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर १० वर्षीय बालकको मृत्यु
प्रतिक्रिया