मंगलबार, पुष १, २०८२

बझाङका चार पालिका संकटग्रस्त क्षेत्र घोषणा

मेरोन्यूज २०७८ मंसिर २२ गते ९:२१

काठमाडौँ । सरकारले बझाङका चार पालिकालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । गृह मन्त्रालयले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ ले दिएको अधिकारलाई प्रयोग गर्दै थलारा, वित्थडचिर, खप्तडछान्ना गाउँपालिका र जयपृथ्वी नगरपालिकालाई २०७८ माघ मसान्तसम्म लागू हुने गरी संकटग्रस्त क्षेत्र घोषणा गरेका हो ।

जिल्लाको सुर्मा र मष्टा गाउँपालिकामा पनि विपद्ले क्षति पुर्याएको जनाउँदै तत्काल विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्न स्थानीयवासीले माग गरेका छन् । नेपाली कांग्रेसका नेता ज्ञानबहादुर बोहरा र दीपक रोकायाले मष्टालाई संकटग्रस्त क्षेत्र घोषणा आग्रह गरेका हुन् ।

विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका पालिकामा क्षतिको आंकलन, पुनःनिर्माण तथा पुनःस्थापनाको काम गरिने छ ।

प्रतिक्रिया